सरोज निरौला

३ वर्ष अगाडि / ११३२  पटक हेरिएको

१३ पौष २०७७, सोमबार

बेल्टार। नेपाली कांग्रेसले सोमबार उदयपुरको बेल्टार बजारमा वृहत्त विरोध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनलाई असंवैधानिक कदम भएको भन्दै ओली नेतृत्वको सरकार विरुद्ध कांग्रेसले वृहत्त विरोध प्रदर्शन गरेको हो ।कार्यक्रमका प्रमुख वक्ता जिल्ला सभापति विदुर बस्नेतलेआफ्नो पार्टी मध्यवधि निर्वाचनको विपक्षमा भएको भन्दै यो आन्दोलन आगामी चुनावको लागि तयारी आन्दोलन भएको बताए । संसद पुनस्र्थापना भएपनि कम्युनिष्टले विगारेको संचरनामा नेपाली कांग्रेस कदापी सहभागी नहुने पनि स्पष्ट पारे ।

त्यसैगरी पूर्व जिल्ला सभापति तथा प्रदेश संसद हिमाल कार्कीले जवजव देशमा नागरिकको अधिकारहरु खोसिन थालिन्छ तव नेपाली कांग्रेस प्रत्येक नागरिकको ढुकढुकी भएर सडकमा आउँने गरेको स्मरण गराए ।यो कम्युनिष्ट सरकारबाट लोकतन्त्र र गणतन्त्रको रक्षा गर्न नसक्ने भएकोले त्यसको विकल्पमा कांग्रेस मात्र भएको संसद कार्कीको उद्घोष थियो ।

तेस्तै कार्यक्रमका अर्का बक्तmा उदयपुर क्षेत्र नम्बर १ सहसभापती बसन्त बस्नेतले कम्युनिस्ट सरकारको सर्बसत्ताबाद र असंबैधानिक कदम बिरूद्द एकजुट भएर नेपाली जनता सडकमा आउनुको विकल्प नभएको बताए। यो सर्वसत्तावाद सरकारको विरुद्धमा एकावद्ध भएर गुम्म लागेको सबै खाले अधिकारहरुलाई स्थापित गर्न सबै एकजुट हुन आह्वान गरे ।

कार्यक्रममा संघीय संसद सञ्जा दनुवार, चौदण्डीगढीका नगर सभापति राजेन्द्र पौडेल, त्रियुगा नगर सभापति सरोज बस्नेत, नेविसंघका जिल्लासभापति सन्तोष कोईराला, तरुण दलका क्षत्रिय सभापति चन्द्रलाल गिरी लगायतले विरोध सभालाई सम्वोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here