१२ पौष २०७७, आइतबार
गाईघाट। लामो समयदेखि रोकिएको ‘मदन भण्डारी लोकमार्ग’ को सदरमुकाम गाईघाटस्थित अवरुद्ध सडक खण्डको काम सुचारु भएको छ।चौडाई विवादले अवरुद्ध भएको पुरानो गाईघाट चोक स्थित ५ सय मिटर खण्डको विवाद मिलेपछि अवरुद्ध सडकको काम शुक्रबारदेखि सुचारु भएको हो।
पिजीचोकमा सडक दायाँबायाँका स्थानीयबीच विवाद नमिल्दा एकवर्षयता काम अवरुद्ध भएको थियो।नगरपालिकाले तोके अनुसार सडकको उत्तर र दक्षिण दुवैतर्फ साविकभन्दा दुई–दुई मिटर जमिन छाड्न राजी भएपछि २२ मिटरको कालोपत्रे सडक बन्ने सहमति भएको छ।सहमति भएसँगै शनिबारदेखि ६ महिनाअघिको सहमति अनुसार गाडिएको विद्युतका पोल दुईमिटर सार्ने काम सुरु भएको छ। तीन दिनभित्र पोल सारिसकेर नाला बनाउने क्रम सुरु गर्नेगरी काम सुचारु भएको लोकमार्ग कार्यालय गाईघाटले जनाएको छ।