Masalapati

३ वर्ष अगाडि / १७४८  पटक हेरिएको

उदयपुर । उदयपुरमा नगरपालिका मध्येकै सवैभन्दा विकट तथा क्षेत्रफलको हिसावले दोस्रो कटारी नगरपालिका हो । यहाँका अधिकांश भुभाग पहाडी क्षेत्रमा परेकोले विकास निर्माणमा केही असहज भएपनि विकास निर्माणको कामको गुणस्तरमा कसैसँग पनि कम्प्रमाईज गरेको पाईदैन् । यहाँका अधिकांश कामहरु गुणस्तरयुक्त हुने गरेको छ ।

यसै साता कटारी नगरपालिका १० सोरुङ्गछविसेका ३९ वर्षिय टंक बहादुर सुनुवार लकडाउन सहज बन्दै गएपछि उनी किनमेल तथा अन्य कामको लागि कटारी बजार आएका थिए । उनी भूगोल पार्क हेर्दै आईरहेका थिए । उनको नजर पश्चिम तर्फ सडक ढलान भईरहेको काम तर्फ गयो । केही व्यक्तिहरु फोटो खिचिरहेको थियो । उनी लगायत उनीसँगै आएका एक जनाको नजर पनि उत्तै तान्यो । उनले त्यो कामदारको फोटो पो खिचेको रहेछ देख्यो । उनले फेरी पनि खासै वास्ता गरेनन् ।

उनले मनमनै सोचे, ‘त्यो मोटे कामदारको फोटो किन खिचेको हो । इन्जिनियर वा ठेक्केदार होला ।’ पछि अरुलाई सोध्दा उनी त मेयर हुन् । उनी अझै विश्वस्त हुन सकेन् । उनले नजिकै गएर हेर्दा साँचिकै काम गर्ने त हाम्रै नगरपालिकाको मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) पो रहेछ । मेयर आधा घण्टादेखि भाइब्रेटर मेसिनले सडक ढलानमा मसलालाई थिचिरहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here