सरोज निरौला

३ वर्ष अगाडि / ७३६  पटक हेरिएको
२९ मंसिर २०७७, सोमबार

उदयपुर । नेपाली कांग्रेसले देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ । काँग्रेसले  उदयपुरको मुख्य सहर गाईघाट बजारमा र्‍यालीसहित विरोधसभा गरेको हो।बिरोध सभामा उदयपुरका सबै पालिकाबाट स्थानिय नेता कार्यकर्ता उपस्थित भएका थिए।बिरोध सभालाई नेपाली कांग्रेस उदयपुरका सभापती विदुर बस्नेत, संघिय संसद प्रमिला राई, कांग्रेसका पूर्व जिल्ला सभापती तथा प्रदेश नम्बर १ का संसदीय दलका उप नेता हिमाल कार्की, प्रदेश नम्बर १ का संसदिय दलका सचेतक केदार कार्की, उदयपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती भोजराज खतिवडा सह सभापती बसन्तकुमार बस्नेत, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापती रामकुमार खत्री लगायतले कार्यक्रमलाई संबोधन गरेका थिए ।  विरोधसभामा कांग्रेसका नेताहरुले कांग्रेसले कम्युनिष्टहरूको चिन्ता लिनु नपर्ने भन्दै कांग्रेसको नेतृत्व आफू ठीक भएर हिड्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here