मसलापाटी

३ वर्ष अगाडि / ८५८  पटक हेरिएको

१७ मंसिर २०७७, बुधबार

उदयपुर। सरकारी स्वामीत्वको ठुलो औधोगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उधोग लाई आर्थिक संकट परेको छ । आर्थिक संकट कै कारण बिधुत महसुल बिभिन्न फर्म, कोईला सप्लायर्स लाई उधोेगले करोडौ रकम भुक्तानी गर्न सकेको छैन । उधोगमा रकम नभएकै कारण बिधुत महसुल नबुझाएको र बिभिन्न ब्यक्ति र फर्म लाई रकम दिन नसकेको हो । उधोग ले बिधुत महसुल माघ देखी बुझाएको छैन । निर्धारीत समय भित्र महसुल बुझाउदा ३ प्रतिशत छुट पाउने ब्यबस्था भएपनि उधोगले बिगत दुई बर्ष देखी त्यस्तो सुबिध पाउन सकेको छैन । उधोगमा पर्याप्त पैसा नभएको कारण सिमेन्ट उधोगले महसुल बुझाउन नसकेको लेखाशाखाका एक कर्मचारी ले नाम उल्लेख नगर्ने शर्तमा भने । “१५, २० हजार रुपैया भुक्तनी गर्न समस्या भैरहेको बेला करोडौ रुपैया कसरी भुक्तानी गर्नु ”?ति कर्मचारीले भने । हामीले तलब त नियमीत पाउन सकेको छैनौ । उनले भने । बिगत एक बर्ष देखी सिमेन्ट बिकी्र ठप्प हुदा उधोग लाई अर्थिक संकट परेको कर्मचारीहरु बताउछन । “अहिले गैडा छाप सिमेन्टको बिकी्र खस्कीएको छ” । बिकी्र शाखाका प्रमुख राम बहादुर जिसीले भने । पर्याप्त सिमेन्ट उत्पादन भएर राख्ने ठाउ समेत छैन । तर बिकी्र मा कमी आएको ले उधोग मा रकम अभाब भएको छ । उनले भने । कोइला ,बिधुत र बिभिन्न ब्यक्ति र फर्महरु लाई पैसा भुक्तनी दिन बाकी रहेको उनले भने । “अहिले दिनमा ४,५ हजार बोरा सिमेन्ट बिकी्र भैरहेको छ । त्यसले उधोग को खर्च धान्न सक्दैन” । उनले भने । सिमेन्ट बिकी्र बढेमा सबै कुरा सहज हुने उनले बताए । बिधुत पा्रंधिकरण उदयपुर ले दिएको जानकारी अनुसार उधोग ले बिधुत महसुल बापत १९ करोड ४६ लाख ५४ हजार ९५१ रुपैया बुझाउन बाकी छ । गत माघ देखी मंसीर सम्म महसुल नतिर्दा करौडौ रुपैया बक्यैता रहेको पा्रधिकरण उदयपुरका लेखा अधिकृत खिल राज राई ले बताए । लामो साय देखी बिधुत महसुल नबुझाएको कारण २५ प्रतिशत जरीवाना गर्दा थप दस्तुर बापत उधोग ले ३ करोड ९३ लाख ९ सय ९० रुपैया ब्ययभार ब्योहोर्नु परेको छ । हामी ले मात्र होईन केन्दी्रय कार्यालय बाट समेत तत्काल महसुल बुझाउन उधोग लाई पटक, पटक पत्रचार गरेको उनले बताए,। तर उधोगले अहिले सम्म महसुल बुझाएको छैन । “अब केहि समय महसुल नबुझाए हामी बाध्य भएर उधोग को लाईन काटछौ” । राइले भने । उधोगले कोइला,स्टेशनरी सामान बिभिन्न मेटरीयल ,इन्धन ,भौतीक सामागी्र खरीद गरे बापत बिभिन्न ब्यक्ति र कम्पनी,फर्म लाई भण्डै ७० करोड भन्दा बढी रकम भुक्तानी गर्न बाकी रहेको लेखा शाखा ले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here