मसलापाटी

४ वर्ष अगाडि / १२७२  पटक हेरिएको

७ मंसिर २०७७, आइतबार

उदयपुर। उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालय ५ रुपाटारमा शनिबार राति अज्ञात समूहले शक्तिशाली बम विस्फोट गराएको छ । अज्ञात समुहले गाउँपालिकाको नागरिक सहायक कक्षमा बम विस्फोट गराएको छ भने एउटा बम विस्फोट हुन बाँकी रहेको छ ।नागरिक सहायता कक्षमा बम विस्फोटले गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत, उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जनाकारी दिए । विस्फोटले ती कार्यकक्षको ढोका, झ्याल, कम्प्युटर, प्रिन्टर, टेबल, दराज, सोफा लगायतका सामानमा क्षति भएको प्रहरीले जनाएको छ । अहिले घटना स्थल प्रहरीले नियन्त्रणमा लिएको एसपी दाहालले जानकारी दिए ।यस्तै गाउँपालिकाको गेटमा एउटा बम विस्फोट हुन बाँकी रहेकोले डिस्पोजल गर्न १८ नं. बाहिनी अड्डा भुल्केलाई खबर गरिएको एसपी दाहालले जानकारी दिए । बम विस्फोटको कसैले जिम्मा नलिएकोले अज्ञात नै रहेको एसपी दाहालले जानकारी दिए । घटना बारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here