Masalapati

३ वर्ष अगाडि / १४८१  पटक हेरिएको

काठमाडौं । जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएपछि भारतले नयाँ नक्सा जारी गरेको छ । भारतले कालापानी र लिपुलेकलाई पनि आफ्नो भुभाग दाबी गर्दै नयाँ नक्सा सार्वजनिक गरेको छ । जसको नेपालमा चर्काे विरोध भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपाली भूमि आफ्नो दाबी गरेर भारतले सार्वजनिक गरेको नयाँ नक्सा सच्याउनका लागि कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको भएको ठोकुवा गरेका छन् । उनले आफ्नो छातीमा गोली थाप्न तयार हुने तर नेपालको एक मुठ्ठी माटोपनि नेपाल बाहिर गएको कुनै हालतमा स्वीकार गर्न नसक्ने बताए छन् । मध्यराति उनले ट्वीट गर्दै लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको हो । छातीमा हानेको गोली स्वीकार गर्छु तर छिमेकीले मेरो देशको एक चिम्टी माटो अतिक्रमण गरेको कदापी स्वीकारर्दिन । नेपाल सरकारले तुरुन्त भारत सरकारसँग कुरा गरेर उक्त नेपालको भूभाग भारतको नक्साबाट हटाउन लगाउनु पर्छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here