मसलापटी

३ वर्ष अगाडि / ८७१  पटक हेरिएको

१८ कार्तिक २०७७,मंगलबार

लिम्चुङबुङ।आगलागी पीडितका लागि उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले आर्थिक सहयोग गरेका छ। यही कार्तिक १६ गते लिम्चुङबुङ गाउँपालिका–४ बलम्ता लाकु गाउँमा भएको आगलागी पीडित परिवारलाई पालिकाले राहत उपलब्ध गराईएको हो ।आगलागी पीडितलाई
गाउँपालिका अध्यक्ष मेजर कुमार राई, विपत व्यवस्थापन समिति संयोजक भुपाल खड्का, गाउँपालिका शिक्षा अधिकारी बिनोद राई र नेकपा जिल्ला कमिटी सदस्य होम किराँती समेतको टोली पीडितको घरमै पुगेर चामल, दाल, नुन, तेल लगायत खाद्यान्न सामग्री प्रदान गरेको वडाध्यक्ष यन्डप्रसाद राईले जानकारी दिए । आगलागीमा २१ लाखभन्दा बढी क्षति भएको पीडितहरुको उद्धार र राहतका लागि गाउँपालिकाले अन्य सरोकारवाला निकायसमक्ष सिफारिससहित आग्रह गरेको गाउँपालिका अध्यक्ष मेजर कुमार राईले मसलापाटी अनलाइन बताउनु भयो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here