मसलापटी

२ हप्ता अगाडि / ९०  पटक हेरिएको

कटारी,२कातिक २०७७

मसलापटी। उदयपुरका कटारी १४ भदौरेमा आज बिहान सवारी दुर्घटना हुदाँ ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
सिद्धिचरण राजमार्गमा पर्ने जिल्लाको कटारी नगरपालिका १४ भदौरेमा बिहान १ बजेको समयमा भैरहवाबाट ओखलढुङा जादै गरेको बा २० च ७१७१ नम्बरको स्कोरपियो दुर्घट्ना भएको हो ।
दुर्घटनामा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।भदौरेको उकालोमा गाडीको ब्रेक फेल भएर सडकबाट ९०० मिटर तल खस्दा घट्नास्थलमै ५ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । दुर्घट्नामा मृत्यु हुनेमा ओखलढुङा जिल्ला मानेभञ्ज्याङ गाँउपालिका ९ माधवपुरका रामबहादुुर सार्की तथा सोही ठाँउ बस्ने कर्ण सार्कीको मात्र सनाखत भएको छ । मृतक अन्य ३ को सनाखत हुन बाकी रहेको गौतमले जानकारी दिएका छन् ।
दुर्घट्नामा ३ जना यात्रु घाइते भएका छन् । घाइते हुनेहरुमा रुपन्देहीको त्रिदम्बा नगरपालिका १५ का पवन खड्का,ओखलढुङा जिल्ला मानेभञ्ज्याङ गाँउपालिका ९ माधवपुरकी कल्पना सार्की तथा सोही ठाँउकी कुमारी सार्की रहेका छन् ।
यसमध्ये पवन खड्काको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको कटारी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घट्नाको खबरपछि इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटाइएको पनि गौतमले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here