Masalapati

३ वर्ष अगाडि / १०२५  पटक हेरिएको

उदयपुर । जिल्लाको कटारी नगरपालिकामा सर्वसाधारण लकडाउनको समयमा केही युवाहरुले अटेर गरेपछि नगर सरकार प्रमुख ज्ञानेन्द्र श्रेष्ठ सम्झाउन आपैंm सडकमा आउनु छ । पहिलो र दोस्रो दिनको लकडाउनको समिक्षा गर्दै तेस्रो दिन नगर प्रमुख आफै विहानै देखि चार औंला जोड्दै युवाहरुलाई सडकमा होइन घर भित्र वसिदिनुस् भन्दै खटिएका हुन् ।विश्वव्यापी कोभिड –१९ को संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा नेपालमा पनि फैलिन नदिन सरकारले ७ दिनको लकडाउनको घोषणा गरेको छ । लकडाउनमा पनि सर्वसाधरण र युवाहरुले उलंघन गर्न थालेपछि मेयर श्रेष्ठले आफु बचे नबेचपनि नगरबासी र भाविष्यका कर्णधारहरुलाई बचाई राख्न बजारमा बाहिर निस्किएकाहरुलाई घरमै बस्न आग्रह गर्दै सडकमा निस्किएका हुन् ।
‘सर्वप्रथम मेरो नगरपालिकामा रोग फैलिन नदिन मेरो कर्तव्य हो, कर्तव्य पालना गर्ने क्रममा मेरो ज्यानै गएपनि कुनै फरक पर्दैन तर, भाविष्यका कर्णधार बालबालिका तथा युवा युवती र नगरबासीलाई सचेत गराउनु मेरो कर्तव्य हो ।’ नगर प्रमुख श्रेष्ठले भने, ‘यो संक्रमणको समयमा नगरबासीले मलाई चारजुत्ता लगाएपनि सहन तयार छु, युवायुवती तथा बजारबासीको गाली खान तयार छु, तर, सडकमा निस्केर हिडडुल गरे पहिले सम्झाउछु, सम्झाएको नमाने प्रहरी लगाएर लाठी लगाउन पनि तयार छु ।’
लकडाउन सफल पार्न नगर प्रहरीका साथमा ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसी, उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काको टोलीले बजारमा बाहिर निस्किएका स्थानीयलाई घर भित्रै वस्न आग्रह गरेका थिए ।
नगर प्रमुख मेयर श्रेष्ठले साँझ ४ बजेदेखि भिडभाड नगरी अत्याश्यक सामाग्रीहरु किन्न आग्रह गरेपनि सकेसम्म अनावश्यक रुपमा बाहिर ननिस्कन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here