मसलापाटी।

३ वर्ष अगाडि / ६३०  पटक हेरिएको

कटारी,२२ असोज,२०७७

मसलापाटी। सिद्धिचरण राजमार्गको कटारी–बेतिनी सडक खण्डमा बुधबार राती भएको कन्टेनर दुर्घटनामा परि दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । साथै अन्य दुई जना गम्भिर घाइते भएकाछन् ।
ओखलढुंगाबाट उदयपुरको कटारीतर्फ आउँदै गरेको ना ५ख ९४२४ नम्बरको खाली कन्टेनर कटारी नगरपालिका–८ को सिरिसेस्थीत सानादमारमा राती ८ बजे दुर्घटना हुदा कटारी नपा ८ का मिन वहादुर रानामगर र गोल बजार नगरपालिका सिराहाका राकेश यादबको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका एस.पी. भिम वहादुर दाहालले बताए ।
दुर्घटनामा घाईते कन्टेनरका चालक झापा दमकका योगेन्द्र दाहाल र बराहा क्षेत्र नगरपालिका सुनसरीका विजय भुजेललाई उपचारको लागि राती नै विराटनगरस्थीत नोवेल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
घाईते दुबैको टाउँकोमा गहिरो चोट लागेको कारण अवस्था गम्भिर रहेको कटारी अस्पतालका वरिष्ठ चिकित्सक राम कुमार गजमेरले बताए । उक्त कन्टेनर सडकबाट झण्डै ५०० मिटर तल खसेको प्रहरीले जनाएको छ । साघुरो बाटोमा चालकले गाडी तिब्र गतिमा चलाएको कारण दुर्घटना भएको प्रहरीको अनुमान छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here