मसलापटी

३ वर्ष अगाडि / ५२७  पटक हेरिएको

बेल्टार,२० असोज,२०७७

मसलापाटी। नेपाली कांग्रेस पार्टीको भातृसंगठन नेपाल तरुण दल चौदण्डीगढीको सबै वडामा वडा स्तरीय तर्दर्थ समिति गठन भएको छ । ९ नं. वडा हडियाको आँपगाछी स्थित सोमबार भएको कार्यक्रममा रामकुमार थापाको संयोजकत्वमा ८६ जनाको तदर्थ समिति चयन गर्दै सबै वडाको गठन प्रक्रिया पनि सम्पन्न भएको हो ।

लोहपुरुष गणेशमान सिंहको २३ औ स्मृति दिवसको अवसर पारेर गत १ गते १ नं. वडाको ऐतिहासिक क्षेत्र चौदण्डीगढी दरबारबाट शुरु गरिएको थियो । वडावडमा गठन गर्दै अभियानमा लागेका तरुण युवाहरुमा निकै उत्साहित भएर सबै कार्यक्रममा उल्लेखनीय उपस्थिीती रहेको नगर सह संयोजक रवीन राईले बतए ।१ नं. वडामा तुलाराम राउतको संयोजकत्वमा ४३ जना, २ नं. मा राजेन्द्र कार्कीको संयोजकत्वमा ५२ जना, ३ नं. मा नविन तामाङको संयोकत्वमा ३१ जना, ४ नं. मा नविन सुप्तिहाङ राईको संयोजकत्वमा ६३ जना, ५ नं. वडा सुन्दरपुरमा खेमराज धमलाको संयोजकत्वमा ७५ जना,

६ नं. वडामा पिटर राईको संयोजकत्वमा ५५ जना, ७ नं. वडामा अमर पुमा राईको संयोजकत्वमा ७७ जना, ८ नं. वडामा शन्देस राईको संयोजकत्वमा ६७ जना त्यसैगरी १० नं. मा विशाल कार्कीको संयोजकत्वमा ५२ जनाको वडा स्तरीय तदर्थ समिति गठन भएको छ ।कार्यक्रममा नगर प्रमुख खगेन्द्र राई, उप प्रमुख रिताकुमारी चौधरी, नगर सभापति राजेन्द्र पौडेल, क्षेत्रीय सभापति भोजराज खतिवडा, तरुण दलको जिल्ला उप सभापति पर्वत दाहाल, क्षेत्रीय सभापति चन्द्रलाल गिरी, सचिव शुशिल खत्रि, त्यस्तै शिक्षक वुद्धिजीवीहरु नारायण श्रेष्ठ, दिनेश ढुंगाना,रामबहादुर राउत, वडाध्यक्षहरु रोहितमान तामाङ, प्रशुराम राई, चरणकुमार राई, तेजराज तिम्सिना, श्यामकुमार खपांगी र रामकुमार खड्का, नेविसंघका सभापति विवस राई, सचिव विशाल गेलाल, नगर खेलकुद अध्यक्ष शशिचन्द्र राई, सचिव भाष्कर चौधरी लगायतले तरुण दलको शक्ति भनेको उर्वर शक्ती भएको बताउँदैआगामी दिनमा पाटीको सिपाही भएर राष्ट्र र नागरिकको हितमा सृजनात्मक क्रियाकलाप गरेर पार्टीको नामलाई उच्च स्थानमा राख्ने अहम भूमिका निर्वाह गर्न बताएका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here