मसलापटी

३ वर्ष अगाडि / ७९६  पटक हेरिएको

उदयपुर,१९ असोज,२०७७

 मसलापाटी। त्रियुगा नगरपालिका वडा नम्बर १० मा विभिन्न पार्टी परित्याग गरि तथा स्वतन्त्र रहेका ६ सय बढि नेपाली कांग्रेस प्रवेश गरेका छन् ।नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा नम्बर १० वडा समितिको आयोजनामा  आयोजित कार्यक्रममा ६ सय बढि कांग्रेस प्रवेश गरेका हुन् नव प्रवेशीहरुलाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य पूर्व शहरी विकास मन्त्री डा. नारायण खड्का, केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियार, नेपाली कांग्रेस उदयपुरका पाटी सभापती विदुर बस्नेत, पूर्व पाटी सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, प्रतिनिधि सभा सदस्य प्रमिला राई लगायतले नव प्रवेशीहरुलाई खादाँ अविर तथा सदस्यता पत्र प्रदान गर्नु भएको थियो ।कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य डा. नारायण खड्काले वर्तमान सरकार भ्रष्टचारमा लिप्त भएको बताउनु भयो । कार्यक्रममा केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लक्ष्मी परियारले कम्युनिष्ट अधिनायकवाद विरुद्ध सबै एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो । कार्यक्रममा नेपाली कांग्रेस उदयपुरका पाटी सभापती विदुर बस्नेत, पूर्व पाटी सभापती तथा प्रदेश सभा सदस्य हिमाल कार्की, प्रतिनिधि सभा सदस्य प्रमिला राई, क्षेत्र नम्बर १ का क्षेत्रीय सभापती भोजराज खतिवडा, नेपाली कांग्रेस उदयपुरका संगठन विभाग प्रमुख मनोजकुमार बस्नेत, नगर सभापती सरोजकुमार बस्नेतले शुभकामना मन्तब्य तथा आफ्नो भनाइ राख्नु भएको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here