मसलापाटी

२ हप्ता अगाडि / २२  पटक हेरिएको

बेलका,१७ असोज,२०७७

मसलापाटी। उदयपुरको बेलका नगरपालीकाका मेयर दुर्गा थापा (स्वस्ती) सहित ६ जना कर्मचारीमा कोरोना पोजेटिभ देखीएको छ। धरान स्थित विपी कोइराला स्वास्थ्थ विज्ञान प्रतिष्ठानमा गरीएको परिक्षण बाट उनीहरुमा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्थ कार्यलय उदयपुरका प्रमुख मोहन सुबेदीले बताए। गत मंगलबार मेयर थापाका ८२ बर्षिय बुबामा कोरोना पुष्टी भए सगै उनी होम आइसुलेसनमा बस्दै आएका थिए। उनीहरु ६ जना नै कन्ट्रयाक टे«सिङगमा थिए। सोही वडामा यस अघि ६५ बर्षिय वडा अध्यक्षमा कोरोना देखिएको थियो। उदयपुरमा यो संगै कोरोना संक्रमितको सख्या १ सय २४ जना पुगेका छन। संक्रमित मध्ये त्रियुगामा ७० जना ,बेलकामा ४० जना, कटारीमा ७ जना र चौदण्डी नगरपालीकामा २ जना रहेका छन। त्यसैगरी उदयपुरगढीमा ३ जना ताप्ली गाउपालीकाका ३ जना रहेको प्रमुख सुबेदीले बताए। जिल्लामा अहिले सम्म १ हजार ९ सय ३२ जना महिला सहित ७ हजार ७ सय २२ जनाले पिसिआर परिक्षण गरीएकोमा ७ हजार ६ सय ८९ नजाको रिपोर्ट आइसकेको उनले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here