मसलापाटी

३ वर्ष अगाडि / ४७७  पटक हेरिएको

उदयपुर,१७ असोज,२०७७

मसलापाटी।  त्रियुगा नगरपालिका वडा नम्बर १ जोगीदहमा कृषि तथा पशु हाटबजार  उद्घाटन भएको छ । प्रदेश सभा सदस्य हिमाल कार्की तथा त्रियुगा नगरपालिका उप प्रमुख देवीकुमारी चौधरीले संयुक्त रुपमा हाट बजार उद्घाटनु गर्नु भएको हो । प्रदेश सभा सदस्य हिमाल कार्कीको विशेष पहलमा शहरी विकास तथा भवन डिभिजन कार्यालय विराटनगरको करिब ३५ लाख रुपैया बराबरको लगानीमा निर्माण भएको पशु हाट उद्घाटन गरिएको हो । पशु हाट उद्घाटन भए संगै शुक्रबारबाटै स्थानिय कृषि तथा पशुको खरिद तथा विक्रि समेत सुरु भएको छ । प्रदेश सभा सदस्य हिमाल कार्कीको प्रमुख आतिथ्यतामा हाट बजार उद्घाटन गरिएको हो । पशु हाट उद्घाटन भए संगै अव्यवस्थित रुपमा लाग्दै आएको बजार अब भने व्यवस्थित भएको छ । स्थानियले उत्पादन गरेको विभिन्न सामाग्रीले उचित बजार पाउने र उपभोक्ताहरुले पनि सहज तरिकाले दैनिक उपभोग्य कृषि सामाग्रीहरुको सहज तरिकाले खरिद गर्न पाउने भएका छन् । कार्यक्रममा त्रियुगा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष मनोज चौधरीले हाट बजार व्यवस्थित भए पछि स्थानिय नागरिकहरुलाई सहज भएको बताउनु भएको छ। कार्यक्रममा त्रियुगा नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, समाजसेवी स्थानिय नागरिकहरुको बाक्लो उपस्तिथी रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here