Masalapati

३ महिना अगाडि / ८६  पटक हेरिएको

उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ रिस्कु स्थित सोमबारेमा सव डिभिजन वन कार्यलयको भवनको शिलान्यास भएको छ ।
बुधबार एक कार्यक्रमका बिच कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले सोमबारे सव डिभिजन वन कार्यलयको भवन शिलान्यास गरेका हुन ।
भवनको शिलान्यास गर्दै‘ नगर प्रमुख श्रेष्ठले भवन निर्माण पछि सामुदायिक वनको थप संरक्षणमा सहयोग पुग्ने बताए ।’
दुई तलाको भवन निर्माणको लागि कटारी ६ की दुर्गादेवी श्रेष्ठले २ कट्ठा २ धुर जग्गा दिएसँगै भवन निर्माणको पहल गरी ठेक्का लगाई बुधबार शिलान्यास गरिएको डीभिजनल वन कार्यलय त्रिवेणी (कटारी) प्रमुख उपेन्द्र पटेलले बताए ।
भवन निर्माण भए पछि वन संरक्षणमा थप मद्दत पुग्ने उनले बताए । सामुदायिक वन उपभोक्ता सहित वन कर्मचारीलाई पनि काम गर्न सहज हुने सोमबारेमा सब डिभिजन बन कार्यालय अधिकृत धर्मनाथ यादबले बताए ।
उक्त भवन निर्माणको लागि प्रदेश १ को वन तथा वातावरण मन्त्रालायवाट बजेट बिनियोजन भए संगै दियालो निर्माण सेवा त्रियुगा ४ ले ४१ लाख ६५ हजार रकममा ठेक्का पाएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here