मसलापटी

३ वर्ष अगाडि / ४७८  पटक हेरिएको

उदयपुर,१५ असोज,२०७७

 मसलापाटी। उदयपुरमा सशस्त्र प्रहरीले करिव २ लाख ६६ हजार बराबरको अन्तः शुल्क र विल विजक नभएको सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं.५ गण हे.क्वा.त्रियुगा उदयपुरबाट खटिगएको मोवाईल गस्ती टोलीले बुधबार त्रियुगा नगरपालिका ६ लालपत्ताबाट उक्त मूल्य बराबरको सामान बरामद गरेको हो । सिरहाको लाहानबाट गाईघाट तर्फ आउँदै गरेको बा.५ ख ५२६२ नम्बरको हाईस गाडीलाई चेकजाँच गर्ने क्रममा अन्तः शुल्क र विल विजक नभएको सामान बरामद गरेको हो। बरामद गरेको सामान आवश्यक कारबाहीको लागि करदाता सेवा कार्यालय गाईघाट उदयपुरमा बुझाइएको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here