मसलापाटी

३ वर्ष अगाडि / ४१७  पटक हेरिएको

सुनसरी,१५ असोज,२०७७

मसलापाटी।  जिल्ला प्रहरी कार्यालय सुनसरीले दिएको जानकारी अनुसार नेपालबाट ललाई फकाई आर्थिक प्रलोभनमा पारी दुई जना युवतीहरुलई भारत तर्फ लाने क्रममा सप्तरी, कृष्ण सवरन गाउँपालिका-४ बस्ने २९ वर्षीय मोहम्मद साहिल मन्सुरी र सिराहा जिल्ला लाहान नगरपालिका १९ कटाह बस्ने २९ वर्षीय जिवछकुमार साहलाई नियन्त्रणमा लिइएको सुनसरीका प्रमुख कमल थापाले जानकारी दिए । भारतको सुपौल जिल्ला भिमनगरमा बाबाको मन्दिरमा पुजारीसँग पूजामा बस्नु पर्ने, पूजामा बसे बापत पारिश्रमिक १, २ लाख पाउने, कुनै दुःख बिमार भए सो समेत सन्चो हुने र पूजा समाप्त हुना साथ घर फिर्ता गरिदिने भनी प्रलोभनमा पारी ललाई फकाई लिएर गएको प्रहरीले बताएको छ ।कोशी गाउँपालिका-८ पूर्वी टोल नाका र भारतको सुपोल जिल्ला भिमनगर १२ बोर्डर इलाकामा एसएसबी, सशस्त्र प्रहरीको सहयोगमा प्रारम्भिक सोधपुछ गर्दा भारत लादै गरेको खुले पछि नियन्त्रणमा लिइएको हो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here