सरोज निरौला

२ वर्ष अगाडि / २६०  पटक हेरिएको

उदयपुर,१४ असोज,२०७७

उदयपुर। जाल्पा एकिकृत विकास समाज,उदयपुरले संस्थाको आ.व २०७६÷०७७ को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आर्थिक बर्ष २०७६÷७७ मा यस संस्थामा कार्यरत कार्यसमितिका पदाधिकारीहरू र कर्मचारीहरूले वर्ष भरि गरेको कार्य सम्पादनको बिषयमा समिक्षा गर्ने उद्देश्यले कार्यक्रमको आयोजना  गरिएको जनाएको छ।। वार्षिक समीक्षा कार्यक्रममा संस्थाका कार्यसमितिहरू,संस्थामा कार्यरत कर्मचारीहरू, पत्रकार,वल्ड भिजन ईन्टरनेशनल नेपालका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागिहरूले संस्थामा कार्यरत रहदाको सिकाई संस्थाको सबल पक्ष र संस्थालाई सुझाव दिदै आफ्नो व्यक्तिगत धारणा प्रस्तुत गरेका थिए । समिक्षा कार्यक्रमलाइ सम्बोधन गदै सस्थाका अध्यक्ष पुष्पराज पोखरेलले संस्था तथा परियोजनाको उद्देश्य हासिल गर्न अहोरात्र खटेर योगदान गर्ने कार्यसमितिका पदाधिकारीहरू र कर्मचारिहरूलाई धन्यबाद दिदै ,गत बर्ष साझेदार संस्था वल्ड भिजन ईन्टरनेशनल नेपालको पुर्वाञ्चल प्रथम र यो बर्ष देश भरी मै पहिलो भएकोमा खुशी ब्यतm गदै संस्थामा जिम्बेवारी अभ mथपिएको बताउनु भयो। संस्थाले आगामी दिनमा अन्य जिल्लामा पनि आफ्नो कार्यक्षेत्र बिस्तार गर्ने तयारिमा रहेको संस्थाका सुचना अधिकृत रुद्र प्रसाद पोखरेलले बताए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here