मसलापाटी

३ वर्ष अगाडि / ३६३  पटक हेरिएको

बेल्टार,१३ असोज,२०७७

मसलापाटी । आफ्नो तलवभत्ता  नदिएको भन्दै एक शिक्षीकाले प्रधानाध्यापकमाथी उजुरी दिएकी छन् ।चौदण्डीगढी नगरपालिका वडा नं. ९ हडिया हात्तिसार स्थित राजाजी आधारभूत विद्यालयमा बालविकास केन्द्रमा कार्यरत शिक्षीका देवीका बुढाथोकीले विद्यालयकी प्रअ पार्वती राउत विरुद्ध शिक्षा शाखामा निवेदन दिएकी हुन् । तलवभत्ता माग गर्दा तेरो नियुक्ती समाप्त भएको र बाँकी तलव नियुक्ती गर्दा ५० हजार शिक्षा शाखामा खर्च भएको छ भन्दै नदिने धम्की दिने गरेको मंगलबार शिक्षा शाखामा दिएकी निवेदनमा उल्लेख गरेकी छन् । ०७६ बैशाख ५ गते नियुक्ती भएयता ०७७ असार सम्मको तलव १ लाख ४० हजार पाउँनु पर्नेमा तलव जम्मा ९८ हजार ५ सयमात्र पाएकी पिडित शिक्षीका बुढाथोकीले आफ्नो दिवेदनमा उल्लेख गरेकी छन् ।पिडित शिक्षीकाले भनिन्, ‘पिडित छु न्यायको लागि शिक्षा खाशामा निवेदन दिएकी छु, बैठक बसेर निर्णय दिन्छौ भनेका छन्, जहाँसम्म न्याय पाउँने आशामा छु ।’गत वर्ष आवश्यक विद्यालयमा बालविकास केन्द्रको सहजकर्ताकोरुपमा चौदण्डीगढी नगरपालिकाले ११ जना महिलाहरुलाई नियुक्ती गरेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here