Masalapati

३ वर्ष अगाडि / ६४३  पटक हेरिएको

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको मुख्य बजार बेल्टरमा विक्रि गर्न राखिएको दुई कम्पनीको सिलप्याक मिनरल वाटरको बोतल भित्र लेदो सहित फोहरको कणहरु भेटिएको छ । बेल्टार बजार स्थित छुट्टाछुट्टै होटलमा फरक दुई कम्पनीको मिनरल वाटरको बोतल भित्र लेदो फोहरको कणहरु भेटिएको हो ।

सुन्दरहरैचा नगरपालिका ४ मोरङ उत्पादन ठेगाना रहेको जलन अक्वा प्रोसेस्ड ड्रिंकिङ्ग वाटर र त्रियुगा नगरपालिका ३ मोतिगडा उत्पादन ठेगाना रहेको रौता प्रोशोधित पिउने पानीको सिल लागेको बोतल भित्र लेदो सहित फोहरको कणहरु भिटिएको हो ।
जलन अक्वा पानी प्याकिङ्ग मिति सन् २०२० जुन २७ रहेको छ भने रौता प्रशोधित पानीको प्याकिङ्ग मिति सन् २०२० जुन २० रहेको छ ।
नाम नखुलाउने शर्तमा एक होटल सञ्चालकका अनुसार १५ दिन अगाडी ४ काटुन जलन अक्वा मिनरल वाटर झारेको तर, ४ बोतलमा यस्तो दुषित पानी फेला प¥यो । पानीमा समस्या आएपछि सञ्चालकलाई सुनाउँदा चाँसो दिएनन् । उनले भने, ‘यो खानेपानीको समस्याले भोलि मेरो व्यवसाय नै चौपट होला भन्ने डर भयो ।’

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here