मसलापाटी

६ महिना अगाडि / ३६०  पटक हेरिएको

१० पुस,उदयपुर ।प्रधानमन्त्री कप पुरूष सिनियर राष्ट्रिय क्रिकेट प्रतियाेगिताका लागि उदयपुर जिल्ला स्तरीय  छनाेट सकिएको छ ।  पुस ७ गते देखि ९ गते सम्म भएको उदयपुर जिल्ला स्तरीय सिनियर खेलाडी छनोटबाट १४  उत्कृष्ट खेलाडी छनोट भएका हुन।

उदयपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको छनोट प्रतियोगिता  बरुवा बस पार्क नजिकैको मैदानमा भएको हो ।

उदयपुर जिल्ला भरिबाट आएका खेलाडीलाई ६ टिममा विभाजन गरि प्रत्यक टिमलाई एक अर्कामा प्रतिस्पर्धा गर्ने गरि  नकआउटको आधारमा एक दिवशिय क्रिकेटका खेलहरु भएको थियोे।

यहि नकआउटको आधारमा टिममा पर्न सफल खेलाडीहरु सोनु अन्सारी, आइश भट्टराई, प्रभात किरण हाङ्गखिम राई (विकेट किपर) प्रकाश सुबेदी, रवि रोय, निर्देश बस्नेत, सुयोग कार्की, तेज आचार्य, दिपक राज जोशी, दिपेश बजगाई, नविन महतो, एलिश खड्का, विक्रम कार्की र राजन यादव छनोटमा परेका हुन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here