सरोज निरौला

४ वर्ष अगाडि / ४१०  पटक हेरिएको

बेलका,१० असोज,२०७७
वेलका नगपालीका मातहतकोे सर्प दंश उपचार केन्द्र ले सेवा शुरु गरे यता झण्डै ४०० जना बिरामीको उपचार गरेको छ । तिन वर्ष अघि संचालनमा आएको उक्त केन्द्र ले २ जना बिरामी बाहेक अरु सवैको सफल उपचार गरेर नया रेकर्ड कायम गरेको वेलका नगरपालीका का मेयर दुर्गा थापा ले बताए । एक बच्चा सहित दुई जना लाई भने पा्ररम्भीक उपचार पछि धरान स्थीत बिपि कोईराला मेमोरीयल अस्पताल मा थप उपचारको लागी लगीएको उनले बताए । “सर्प दंश केन्द्रमा उपचारको लागी आएका कसैले अहिले सम्म ज्यान गुमाउन परेको छैन ”। सर्पदंश उपचार केन्द्र बेलका का प्रमुख राजेश भट्टराई ले भने । यहा उपचार गर्न आउने सबै ठिक भएर फर्किएका छन । उनले भने ।“ सर्पदंश केसमा दुई जना लाइ मात्र रेफर गरीएको छ । तर उनीहरु दुबै जना ठिक भएर फर्किएका छन” । उनले भने । जिल्ला कै सबै भन्दा बढी सर्पदंश घटना वेलका नगरपालीकामा हुने गरेको तथ्याङ ले पुष्टी गरेको छ । तिन वर्ष यताको तथ्याङक ले पनी सबै भन्दा बढी सर्पदंशको बिरामी आएको उनले बताए । सर्पदंश उपचार केन्द्रमा कोबा्र,करेत,र हरेऊ सर्पको टोकाई बाट आउने बिरामी बढी रहेको सो केन्द्र ले जनाएको छ ।जिल्ला को पुर्बि भेगमा बढी मात्रामा करेत र कोबा्र सर्पको बिगविगी रहेको छ । ति क्षेत्र घना बनजङगल आसपास रहेको र सर्पको उपयुक्त बासस्थान रेहेको कारण सर्पको बढी प्रकोप रहेको स्थानीय रमण भट्टाराई ले बताए । बैशाष देखी भदौ सम्म सर्प दंश केन्द्रमा १ सय १८् जना सर्पको टोकाइ बाट बिरामी भएर उपचारको लागी आएको प्रमुख भट्टाराई ले बताए । “असोजको रेकर्ड तयार गर्न बाकी छ । थप केही बिरामी हुन सक्छ” । उनले भने । सर्पदंश उपचार केन्द्रको लागी नगरपालीका ले छुटै भबनको ब्यवस्था गरिदिएर दुई जना स्वास्थ्य कर्मी लाई परिचालन गरेको छ । औषधि लगायतका सामागी्रहरु जिल्ला स्वस्थ्य कार्यालय र प्रदेश सरकारले नियमीत रुपमा पठाउदै गरेको भट्टाराई ले बताए । “एन्टी स्नेक भेनोम को समेत कुनै अभाब छैन” । उनले भने । भौतीक सामागी्र को कुनै अभाब नभएपनी भेन्टीलेटर को अझै व्यवस्था हुन सकेको छैन । “मेयर थापाले त्यसको व्यवस्था मिलाउन प्रदेश सरकार संग माग गरी सक्नु भएको छ ”। उनले भने । अब चाडै आउने प्रकृयामा रहेको उनले बताए । उदयपुरमा सेनाको १८ नम्बर बाहीनी ले गाईघाट स्थीत भुल्केमा ,कटारी स्थीत ताराघारीमा र बेलकामा गरी तिन वटा सर्पदंश उपचार केन्द्र संचालन रहेकाछन ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here