मसलापाटी

९ महिना अगाडि / ३५८  पटक हेरिएको

साउन,६ उदयपुर। कोसी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, त्रियुगा नगरपालिका, गाईघाट एकल महिला समुह र वडानं ११ को सहकार्यमा ७ लाख ३७ हजार ५ सयको लागतमा खाद्यान्न तथा किरानाको सुपथ मुल्य पसल सञ्चालनमा ल्याइएको हो ।

एकल महिलाका आर्थिकोपार्जनमा सघाउ पुर्‍याउन प्रदेश र स्थानीय सरकारको सहयोगमा उदयपुरको सदरमुकाम गाईघाटमा सुपथ मुल्य पसल सञ्चालमा ल्याइएको छ ।

एकल महिला सञ्जाल उदयपुरकी अध्यक्ष शोभा दाहालले ७ लाख ३७ हजार ५ सय रुपैयाँ लागत मूल्यको पसलमा खाद्यान्न तथा किरानाका सुपथ मूल्यका सामानहरु बिक्री वितरणका लागि राखिएको बत्ताइन्

प्रदेश सामाजिक विकास मन्त्रालयले ५ लाख दिएकोमा ३ लाख ५० हजार, त्रियुगा नगरपालिकाबाट २ लाख र एकल महिला समूहको १ लाख ८७ हजार ५ सय बिउँ पुँजी परेको उनले बत्ताइन्। मन्त्रालयले दिएको बाँकी १ लाख ५० हजार भने उद्यमशीलता तालिममा खर्च गरेर उद्यमी उत्पादन गरिएको छ।

सुपथ मुल्य पसलको उद्घाटन गर्दै कोसी प्रदेशका उपसभामुख सृजना दनुवारले एकल महिलालाई समाजले हेर्ने दृष्टिकोण सकारात्मक नभईरहेको अवश्थामा यस्ता कृयाकलापले थोरै भएपनि आर्थिक समृद्धीको यात्रामा सघाउ पुर्याउने बताईन् ।
उनले भनिन्, ‘अहिले पनि एकल महिलालाई विभिन्न लाल्छना लगाएर चौघेरामा राख्ने र केहि गर्न नदिने परम्परा र संस्कार छ, त्यसले अझ उनीहरु आर्थिकरुपले विछिप्त छन्, यसलाई सघाउ पुर्याउन उद्यमी र व्यवसायि बनाउन जरुर छ ।
आर्थिक स्तरमा सुधार ल्याउने उदेश्यले सरकारसँगको साझेदारीमा सुपथ मुल्य पसल सञ्चालमा ल्याइएको एकल महिला जिल्ला सञ्जालका अध्यक्ष शोभा दाहालले बताईन् ।

उनका अनुसार तरकारी बजार क्षेत्रमा सञ्चालनमा ल्याइएको पसलमा दैनिक उपभोग्य सामग्रीहरु राखिएका छन् । ‘अन्य पसलको तुलनामा सामग्रीहरु सस्तो र सुपथ मुल्यमा पाईने छ, उनले भनिन्, ‘हामीले खरिद गरेको मुल्यको निश्चत प्रतिशत मुनाफा राखेर सामानहरु उपभोक्तालाई उपलब्ध गराउँछौ ।

कम्प्युटर प्रणालीमा स्रेस्ता राखिएको पसलमा दुई जना कर्मचारी रहनेछन् । यसबाट आएको आम्दानीले एकल महिलाकै आयस्तर बृद्धी हुने अन्य कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्षदाहालले बताईन् । मन्त्रालयले उपलब्ध गराएको ३ लाख ५० हजार बिउँ पुजिँ तीन बर्षपछि अर्को वडाका एकल महिलाका गतिविधिमा उपलब्ध गराईने बताईन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here