सरोज निरौला

१ महिना अगाडि / ९४  पटक हेरिएको

उदयपुर,३ वैशाख । उदयपुरको एक सामुदायिक बन उपभोक्ता समितिले आफ्ना उपभोक्तालाई ग्याँस चुल््हो बितरण गरेका छ। ग्याँस चुल्हो बितरण गर्नेमा जिल्लाको त्रियुगा नगरपालिका– ७ होक्सी स्थित पुर्ब चिसापानी महिला सामुदायिक बन उपभोक्ता समिति रहेका छ।

दैनिक रुपमा प्रयोग हुने झनझटिलो चुल्होबाट मुक्त गर्ने उद्देश्यले आफ्नो उपभोक्ताहरुलाई ग्याँस चुल्हो बितरण गरिएको समुहको अध्यक्ष नारायण वहादुर कार्कीले बताए । अध्यक्ष कार्कीका अनुसार आर्थिक बर्ष ०७९÷८० को बार्षिक कार्यक्रम अन्तरगत गरिबी निवारण शिर्षकबाट उपभोक्तालाई ग्याँस चुल््हो बितरण गरिएको हो ।

समुहमा आबद्घ ५८ घरधुरी उपभोक्ताहरुलाई एकएक थान ग्याँस, ग्याँस चुल्हो र त्यसमा प्रयोग हुने अन्य सामाग्रीहरु बितरण गरिएको समुहको सचिब भतm वहादुर थापाले बताए ।बिगतमा पनि आफ्नो उपभोक्ताहरुलाई आत्मानिर्भर बनाउने कार्यक्रमहरु समितिले गर्दै आएको स्थानीय उपभोक्ताहरु बताउछन।

बितरण कार्यक्रममा  डिभिजन वान कार्यालय गाइघाटका कार्यलय प्रमुख इन्द्र प्रसाद सापकोटा,सुचना अधिकारी जागेश्वर शाह,स्थानिय उपभोक्ताह पत्रकार लागायतको उपीस्थती रहेको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here