सरोज निरौला

८ महिना अगाडि / ३२७  पटक हेरिएको

उदयपुर,२९ चैत। (लिम्चङबुङ) ‘नयाँ वर्ष २०८०’ को स्वागत गर्न उदयपुर जिल्लाका ८ स्थानीय तहमध्ये सबभन्दा दुर्गम र बिकट भूगोल समेटिएको पहाडी लिमचुङबुङ गाउँपालिकाले आकर्षक पुरस्कार राशीको खेलकुद प्रतियोगितासहित ‘बृहत हाटबजार मेला’ आयोजना गर्ने भएको छ।

पर्यटनको विकाससँगै स्थानीय कृषि, पशुपालन, खेलकुद तथा व्यापार व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले मेला लगाउन लागेको हो।
जिल्लाका ८ स्थानीय तहमध्ये सबभन्दा दुर्गम र बिकट भूगोल समेटिएको लिमचुङबुङले गाउँपालिका केन्द्र वडा नं। ३ बाराहा कटुवाल भन्ज्याङस्थित राई चोकमा हाटबजार मेला आयोजना गर्न लागेको हो।

स्थानीय पर्यटन प्रवद्र्धन, कृषि उपजको बिक्री वितरण, खेलकुद क्षेत्रको विकास र उद्यम तथा व्यापार व्यवसायमा वृद्धि गर्ने उद्देश्यले नयाँ वर्षलाई स्वागत गर्दै मेला लगाउन लागिएको गाउपालिकाका अध्यक्ष मेजर कुमार राइले राईले बताए।

मेलालाई व्यवस्थित र सफल रुपमा सञ्चालन गर्न स्थानीय निदेश खत्रीको अध्यक्षतामा बजार व्यबस्थापन समिति गठन गरिएको छ । मेलालाइ सफल बनाउन खुल्ला भलिबल प्रतियोगिता पनि आयोजना गरिने छ ।

प्रथम पुरस्कार नगद १ लाख रुपैयाँ र सिल्ड तथा मेडल र प्रमाणपत्र, दोस्रोले ६० हजार र तेस्रो विजेतालाई ४० हजार नगदसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिने प्रतियोगितामा महिला पुरुष दुवैतर्फ प्रतिस्पर्धा गर्न पाउने अध्यक्ष खत्रील ेबताए ।

गाउँपालिकाको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यटनलगायत विकासमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षासहित सञ्चालन गरिने हाटबजार सफलतापूर्वक सम्पन्न गर्न सबै वडाका जनप्रतिनिधि र कर्मचारीको सहभागितामा तालिम सम्पन्न गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत योगेन्द्रराज गुरुङल बताए।

मेलामा स्थानीय कृषकले उत्पादन गरेका सागसब्जी, तरकारी, फलफूललगायत बिभिन्न कृषि उपज, बाख्रा, खसी, गोरु, राँगा, भैँसी, कुखुरा, हाँस, परेवालगायत पशुपक्षीको पनि बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ।

क त्यसैगरी काठका फर्निचर तथा डोका, नाम्ला, डाला, थुम्सेजस्ता बाँसका सामग्रीहरूको पनि स्टल राखिने छ । बजार व्यवस्थापन समितिका अध्यक्ष खत्रीका अनुसार वैशाख १ गते विहान १०ः०० बजे उद्घाटन हुने मेलामा ५० भन्दा बढी विभिन्न व्यापारिक स्टलहरू रहने बताए।

उनका अनुसार सुरुमा ५ गतेसम्म लगाउने तय भएको मेला आवश्यक परे अरु समय थपिने योजना बनाइएको छ।गाउँपालिकाको संयोजनमा लगाइने भएकाले मेलाको अवधि थप्नु परे अध्यक्ष उपाध्यक्ष र वडाध्यक्षलगायत जनप्रतिनिधिसँग छलफल गरेर निर्णय गरिने खत्रीले बताए ।

कृषि उपज तथा पशु पक्षी बिक्री गर्नका लागि मेलामा निशुल््क स्टल उपलब्ध गराइको खत्रीले जानकारी दिए।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here