मसलापाटी

१ वर्ष अगाडि / २३६  पटक हेरिएको

१४ फागुन,उदयपुर। पछिल्लो ६ महिना यता उदयपुरमा एक सय १९ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा १८ जनाले ज्यान गुमाएका छन् १ सय ९९ जना घाईते भएका छन् । घाईतेमध्ये १ सय ५४ जना पुरुष, ४३ जना महिला र २० जना बालबालिका रहेका छन् ।

दुर्घटना न्युनिकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले यस्तो तथ्यांक प्रस्तुत गरेका हुन् ।
प्रहरीको तथ्यांक अनुसार ९१ वटा दुर्घटना मध्ये सबैभन्दा बढि मोटरसाईकल ७६ वटा रहेका छन् । त्यसैगरी जिपकार १४ ओटा, टेम्पु १३ वटा, बस ५ वटा, ट्याक्टर ३ वटा, ट्रिपर ४ र अन्य ४ वटा गरि १ सय १९ वटा सवारी दुर्घटना भएका हुन् ।

प्रहरीको अनुसन्धानबाट दुर्घटनाको प्रमुखकारण तिव्रत गति, सडक समस्या नै रहेको छ । ४६ वटा सवारी तिव्रगति भएकैकारण दुर्घटना भएका छन् । त्यस्तै सडक समस्याले ८ वटा, यात्रुको लापरवाहीले २ वटा, सवारीमा हुने यान्त्रीक गडबढीले ५ वटा र ओभरटेकका कारण १ वटा दुर्घटना भएको तथ्याकंमा देखाईएको छ ।

एसपी फुँयालका अनुसार भौगोलिक हिसावले त्रियुगा नगरपालिकामा मात्रै ४१ वटा सवारी दुर्घटना भएको छ भने चौदण्डीगढी १८ र कटारी र बेलका नपामा १४, उदयपुरगढी गाउँपालिकामा ३ वटा रहेका छन् ।

त्यस्तै साउनदेखि पुस महिनासम्मको तथ्यांकमा सबैभन्दा बढी मदन भण्डारी स्मृति लोकमार्गमा ११ वटा दुर्घटना भएको देखिएको छ ।
जिल्लामा मदन भण्डारी, सगरमाथा र सिद्धीचरण लोकमार्गका सडकहरु रहेका छन् ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जिल्लामा सवारी दुर्घटनाको स्थिति डरलाग्दो रहेकाले यसको न्युनिकरणका लागी सबै पक्ष संवेनशिल हुन आवश्यक रहेको बताए ।
ट्राफिक प्रहरीले मात्रै सबै दुर्घटना रोक्न नसक्ने बताउँदै उनले सवारी चालक, पैदलयात्री, यातायात व्यवसायी सबै सजक र सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले रुट ईजजात बिना सवारी कुदाउने, रातो नम्बर प्लेट भएका सवारीले समेत नियमित यात्रु बोक्ने, पहाडी क्षेत्रमा बोलेरोले क्षमताभन्दा बढी यात्रु बोक्ने समस्या, यातयात व्यवसायीहरुको अस्वस्थ प्रतिष्पर्धाका कारणले दुर्घटना बढेको बताए ।

उनले बजारमा अटो, सिटि रिक्सा तथा स्कुटरले साईड लाईट नबाली जथाभावी बाटो काट्ने जस्ता समस्याले सवारी दुर्घटना बढाएको बताए ।

कार्यक्रममा त्रियुगा नगरपालिका वडा नं. ११ का वडाध्यक्ष सुमन्त कोईराला, वडा नं. १३ का वडाध्यक्ष नविनकुमार चौधरी, यातयात व्यवस्था सेवा कार्यालय गाईघाटका निमित्त प्रमुख गोबिन्द तिमिल्सिना, हिमाली यातयात व्यवसायी संघका महासचिब उमेश बस्नेत लगायतले बोलेका थिए ।

कार्यक्रममा यातयात व्यावसायी, सवारी चालक, संचारकर्मी तथा सरोकारवाला व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here