नर्बदा खत्री

१० महिना अगाडि / ३४१  पटक हेरिएको

माघ २०,उदयपुर।(लिम्चुङबुङ) उदयपुरको लिम्चुङबुङ गाउपालिका अन्तरिक तथा बाय्य पर्यटक प्रर्बधनका लागी यतीखेर बिभिन्न कार्यक्रम र योजना लिएर अगि बडिरहेको छ।

लिम्चुङबुङलाइ जिरो देखी हिरो बनाउन पर्यटन विकासलाई समृद्धिको मुख्य आधार मानेको गाउँपालिकाले त्यसका लागि व्यवस्थित र योजनाबद्ध तरिका अपनाउने उदेश्यले बिभिन्न गतिबिधिहरु सञ्चालन गर्न थालेको छ ।

यसै उदेश्यलाइ आधार मानेर नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाटहम० को संयोजन र गाउँपालिकाको आयोजनामा वडा नं। ३ बाराहास्थित पालिका केन्द्रमा बुधबारदेखि ‘होमस्टे सम्बन्धी व्यवस्थापन तालिम’ सुरु भएको छ । ७ दिने गृह व्यवस्थापन तालिममा २० महिला र ११ पुरुष गरी ३१ जना होमस्टे तथा पर्यटन व्यवसाय उन्मुख स्थानीयको सहभागिता रहेको छ ।

जस अनुसार वडा नं। ३ का १५, वडा नं। २ का १३ र बाँकी ३ जना अन्य वडाबाट सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत योगेन्द्रराज गुरुङले बताए । पर्यटन तथा होटल व्यवस्थापन विज्ञहरु अजय बखती, हसिन महर्जन र धर्मराज उप्रेतीले तालिममा सहजीकरण गरिरहेका छन् ।

तालिममा सहभागीहरुलाई प्रशिक्षकले होमस्टे सञ्चालन बिधि, बिभिन्न स्थानीय उत्पादनका खानेकुरा पकाउने पाक कला शिक्षा, पाहुनालाई स्वागत गर्ने तरिका र आवास व्यवस्थापन आदि विषयमा प्रशिक्षण दिनेछन् ।

तालिम प्राप्त प्रशिक्षार्थीहरुलाई बिभिन्न ठाउँमा पर्यटकमैत्री होमस्टेहरु सञ्चालन गर्न उत्प्रेरित गर्न गाउँपालिकाले आवश्यक सहयोग गर्ने पालिका अध्यक्ष मेजर कुमार राइले पूर्बेली आवाज लाइ जनकारी दिनुभयो। १८ गतेदेखि सुरु तालिम आउँदो २४ गते समापन हुने छ

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here