सरोज निरौला

१ वर्ष अगाडि / ६७०  पटक हेरिएको

पुस ९,उदयपुर।उदयपुृरमा एक महिलाको करेन्ट लागेर निधन भएको छ भने उनकै श्रीमान् घाईते भएका छन् । आफ्नै बारीमा कोदो टिप्दै गरेकी त्रियुगा नगरपालिका १५ खाँबु ज्यामिटारकी २८ वर्षीया पार्वती विश्वकर्माको करेन्ट लागेर ज्यान गएको हो ।

बिहीबार साढे १०ः०० बजे कोदो टिप्ने क्रममा विजुलीको पोलमा छुन पुग्दा करेन्ट लागेर घट्नास्थलमै विश्वकर्माको निधन भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रदेश प्रहरी प्रवक्त एसपी नविनराज राईका अनुसार करेन्ट लागेर बेहोस् भएकी श्रीमतिलाई बचाउन खोज्दा पार्वतीका श्रीमान् रुपेश विश्वकर्मा पनि घाईते भएका छन् । उनलाई उद्धार गरी उपचारार्थ सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल ल्याइएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here