मसलापाटी

१ वर्ष अगाडि / २३२  पटक हेरिएको

मंसिर १२,उदयपुर।त्रियुगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष किरण पाण्डेले आफ्नै वडाका स्थानिय नागरिकलाई कुटपिट गरेका छन् । त्रियुगा नगरपालिका ११ गाईघाट स्थित त्रियुगा माविमा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतगणनास्थलमा मतगणनाको जानकारी लिन बसेका त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय नागरिक विजय खत्रीलाई आईतबार राती १२ बजेको समयमा अपशब्द प्रयोग गर्दै कुटपिट गरेका हुन् । वडाअध्यक्ष पाण्डेले खत्रीलाई कुटपिट गरेको बिषयलाई लिएर लोकतान्त्रिक बाम गठबन्धन निकट दलहरुले संयुक्त प्रेस विज्ञप्ती जारेको गरेको छ ।


गठबन्धन निकट नेपाली कांग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै वडाअध्यक्ष पाण्डेलाई कार्वाहिको माग गरेका छन् । जनप्रतिनिधि जस्तो व्यक्तिले आफ्नो पदिय मर्यादाको समेत ख्याल नगरी यसरी आफ्नै वडाका नागरिकलाई कुटपिट गर्नु कति सम्मको जायज हो गठबन्धन दलले विज्ञप्ती मार्फत प्रश्न गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here