सरोज निरौला

१० महिना अगाडि / १६७  पटक हेरिएको

मंसिर ९,उदयपुर। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत उदयपुर क्षेत्र नं १ को प्रदेशसभा सदस्य (१ र २) बाट लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरु राजन किराती ‘वासु’ र हिमाल कार्की विजयी भएका छन् ।

गत आइतबार सम्पन्न निर्वाचनको आज घोषणा गरिएको अन्तिम मत परिणाम अनुसार माओवादीका नेता किरातीले १५ हजार ९२ मत प्राप्त गरी १ नं. प्रदेशसभा सदस्यमा निर्वाचित भएको हो ।

उनका निकटतम् प्रतिद्धन्द्वी नेकपा (एमाले)का कुशलकुमार बस्नेतले १३ हजार ८ सय ९२ मत प्राप्त ग¥यो । किराती र बस्नेतको मतान्तर १२ सय ४३ को रहेको छ ।

यसैगरी प्रदेशसभा (२) मा नेपाली कांग्रेसका कार्कीले १४ हजार ९ ७९ मत प्राप्तगरी विजयी भएका छन् उनका निकटतम् प्रतिद्धन्द्धी इश्वरमणी राउतले १४ हजार ७ सय ६४ मत प्राप्त गरेका छन् भने उनी २ सय १२ मतले कार्कीसँग पराजित भएका हुन् ।कार्की प्रदेश सभाको दोस्रो कार्यकालका लागी विजय भएका हुन।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here