मसलापाटी

१ महिना अगाडि / ५३  पटक हेरिएको

धरानः  रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका १ नम्बर प्रदेश निर्वाचन परिचालन समितिका सभापतिसहित नेता कार्यकताहरूले पार्टी परित्याग गरेका छन् । उनीहरुको १ हजार ९ सय जनाले पार्टी परित्याग गरेको दावी छ । आगामी निर्वाचनमा स्वतन्त्रबाट राम्रो एजेण्डा भएकाले उम्मेदवार सघाउने तयारी छ ।

मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै प्रदेश नं. १ का निर्वाचन परिचालन समितिका सभापति सञ्जिव भट्टराईसहित विभिन्न तहका नेता कार्यकर्ताहरूले पार्टी परित्याग गरेको घोषणा जानकारी दिएका छन् । पार्टी परित्याग गर्नेहरुमा सुनसरी जिल्ला सचिव तथा १ नं. प्रदेश निर्वाचन परिचालन समितिका उपसभापति प्रेमप्रसाद तिमिल्सिना, प्रदेश समिति सदस्य शिल्पा भट्टराई, धरान उपमहानगरका सभापति राम कार्कीलगायत धरान उपमहानगर अन्तर्गतका सम्पुर्ण पदाधिकारीहरुले पनि पार्टी परित्याग गरेका हुन् ।

सभापति भट्टराईले आफूहरुसहित १ हजार ९ सय जनाले सामुहिक पार्टी परित्याग गरेको दावी गरेका छन् । उनले नेपाली जनताको विकास समृद्धिको चाहना, राष्ट्रिय स्वाभिमान, स्वाधिनताको भावनामाथि नेतृत्वले कुटराघात गरेको निष्कर्ष निकालेर पत्यिाग गरेको बताए । उनीहरुले जारी गरेको विज्ञप्तिमा ‘रवि लामिछानेल जनतासँग भ्रम खेति गरेका छन् ।

लामिछानेले सञ्चारमाध्यममा कसैसँग चन्दा सङ्कलन नगर्ने घोषणा गर्ने तर पार्टीेको तल्लो कार्यसमितिमा रसिद पठाई तोकेबमोजिमको चन्दा उठाउन दवाव दिने गरेको, स्वतन्त्र पार्टीमा आर्थिक पारदर्शिता नभएको’ उल्लेख छ । उनीहरुले स्वतन्त्र पार्टीका  केन्द्रीय नेताको नीति सिद्धान्त, आदर्श, उद्देश्य, विधानबाट पथभ्रष्ट भई आर्थिक अपचलन र स्वेच्छारिताका कारणले पार्टी परित्याग गरेको बताएका छन् । समितिका सभापति भट्टराईले स्वतन्त्र पार्टी पनि अन्य राजनीतिक दलभन्दा फरक नरहेकाले पनि सामुहिक पार्टी परित्याग गरेको बताए ।

उनले भने, ‘निर्वाचनमा उम्मेदवारलाई टिकट दिँदा कुनै प्रक्रिया नअपनाई नजिकका र पैसावालाई दिए । योभन्दा अन्य दल राम्रा छन् । कम्तिमा तल्लो कमितिबाट सिफारिस गरेकाले त टिकट पाउँछन् ।’

विज्ञप्तिमा केन्द्रीय नेतृत्वका कारणले पार्टी परित्याग गर्नु परेको पनि उल्लेख गरेका छन् । उनीहरुले पार्टी पत्यिागका कारणहरु अनैतिक, अपरिपक्क, आर्थिक अनियमितता, अपारदर्शीता, नातावाद् कृपावादमा केन्द्रीय नेताहरू चुर्लुम्म डुब्नु रहेको जनाएका छन् ।

निर्वाचन परिचालन समितिका सभापति भट्टराईले स्वतन्त्र पार्टीमा कुनै पनि नीति, विचार, सिद्धान्त, दृष्टिकोण र विकासको स्पष्ट योजना नभएको र स्वतन्त्रको माहोल देखेर पार्टी दर्ता गरेको दावी गरे । उनले नेपाली जनताको विकास समृद्धिको चाहना, राष्ट्रिय स्वाभिमान, स्वाधिनताको भावनामाथि नेतृत्वले कुटराघात गरेको निष्कर्ष निकालेर पत्यिाग गरेको बताए । उनले स्वतन्त्र पार्टीले उम्मेदवारका लागि भन्दै नेपालभरका आकाङ्क्षीहरूदेखि १२ हजार ५ सयका दरले रकम असुलेको पनि दावी गरे । टिकट नपाएका व्यक्तिको रकम फिर्तासमेत नगरेको बताए ।

उनीहरुले जारी गरेको विज्ञप्तिमा ‘नेपालभर पुगेर भ्रष्टाचार गर्दिन, विकास गर्छु भन्नु तर विकासको रोडम्याप आधार प्रस्तुत गर्न नसक्नु, सातै वटा प्रदेशको अधिवेशनदेखि प्रदेशसभाको निर्वाचनमा भाग नलिने निर्णय गर्नु, सङ्घियताको विरोध गर्नु तर सङ्घियता खारेजीको एजेण्डामा बहसमा ल्याउन नसक्नाले पार्टी सभापति र महामन्त्रीको ढुलमुले र अपरिपक्ता’ को ज्वलन्त उदाहरण भएको उल्लेख छ ।

पार्टी सभापतिलाई लागेका अनैतिक आचरण, अपारदर्शी आर्थिक गतिविधि, आत्महत्या दुरुत्साहनजस्ता आरोपहरु उथार्थत होइन भन्ने सङ्का उत्पन्न भएको विज्ञप्तिमा उल्लेख छ ।प्रदेशपोर्टल डटकम बाट

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here