सरोज निरौला

११ महिना अगाडि / २३९  पटक हेरिएको

उदयपुर ु ९ कात्तिक।(लिम्चुङबुङ )घाँस काट्न गएकी एक महिलाको सोमबार भीरबाट लडेर निधन भएको छ । पहाडी गाउँपालिका लिमचुङबु्ङ १ बाँसबोटेकी ३४ वर्षीया खड्ककुमारी राउतको स्थानीय सर्थङ्गे पाखाको भीरबाट लडेर निधन भएको हो ।

स्थानीयबासीलाई उद्धृत गर्दै प्रहरीले जनाए अनुसार तिलबहादुर राउतकी श्रीमति खड्ककुमारी ६ गते घाँस काट्ने क्रममा लडेर गम्भीर घाईते भएकी थिईन् । उनलाई बेहोस् अवस्थामा भेटेर उपचारार्थ अस्पताल लादालाँदै साँझ ५ः०० बजे निधन भएको हो ।

विहान घाँस काट्न गएकी खड्ककुमारी दिउसो २ः०० बजेसम्म नफर्केपछि श्रीमान् र परिवारजन उनलाई खोज्न गएका थिए । खोज्दै जाँदा सर्थङ्गे पाखाको भीरबाट लडेर सयमिटर तल अचेत अवस्थामा उनी भेटिएकी थिईन् ।

टाउकोमा गहिरो चोट लागेर बेहोस अवस्थामा भेटिएकी उनलाई उद्धार गरी उपचारार्थ स्वास्थ्य संस्थातर्फ ल्याउँने क्रममा बाटैमा निधन भएको इलाका प्रहरी कार्यालय लिमचुङबुङ बाराहालाई उद्धृत गर्दै जिल्ला प्रहरीले जनाएको छ ।

घट्नाबारे जानकारी पाएलगत्तै खटेको इप्रका बाराहाको टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी सोमबार विहान पोष्टमार्टमका लागि जिल्ला अस्पताल गाईघाट पठाएको थियो । अस्पतालले पोष्टमार्टम गरी शव मंगलबार आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी राकेशकुमार पोदारले बताएका छन् । डिएसपी पोदारका अनुसार घट्नाबारे थप अनुसन्धान भईरहेको छ ।

 

यस्तो अप्रिय घट्नाले वर्षदिनको चाड तिहार पर्वमा राउत परिवार र आफन्तजनसँगै पुरै गाउँलेलाई खल्लो बनाएको वडाध्यक्ष जनदिप थापामगरले बताए ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here