सरोज निरौला

१ वर्ष अगाडि / २८७  पटक हेरिएको

उदयपुर,३१ असोज।(कटारी) उदयपुरको क्षेत्र नम्बर २ को गठबन्धनले कटारी स्थित भूगोलपार्कमा चुनावी सम्पर्क  कार्यालय खोलेको छ ।आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि सत्तागठबन्धनले चुनावि सम्पर्क कार्यालयको उदघाटन गरेको हो ।

कार्यालय उदघाटन गर्दै गठबन्धनबाट उदयपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभाका उमेद्वार तथा एकिकृत समाजवादी पार्टीका उपसचिव तथा प्रवतmा जगन्नाथ खतिवडाले दिगो शान्ति, दिगो विकास र देश र जनता पहिलो हो भन्ने मान्यतालाइ अघि बढाएर गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।

निर्वाचनपछी स्थायी सरकार चलाउने र शुसासनका लागि अग्रगामि चाल्ने भएकाले यो निर्वाचनमा सवैले एक भएर गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।शान्ति र स्थायीत्वको लागि सफल हुनको लागी गठबन्धनका उम्मेदबारहरुलाइ मत दिनुपर्ने नेपाली काङगे्रस पुर्व क्षेत्रिय सभापती तथा  उदयपुर २ को प्रदेश सभा २ तर्पmका उमेद्वार रामकुमार खत्रीले बताउनु भयो।

कार्यालयको उदघाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सभाषद नारायणबहादुर कार्कीको प्रमुख आतिथ्यताका साथै एकिकृत समाजवादीका पोलिटव्युरो सदस्य तथा उदयपुर अध्यक्ष राममणी पोखरेल , पूर्व सभाषद भेषकुमारी राउत कोपिला लगायतका गठबन्धनकका नेता , कार्यकर्ताहरुको उपस्थितिमा भएको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here