मसलापाटी

४ हप्ता अगाडि / १५०  पटक हेरिएको

उदयपुर,८ असोज,२०७७
मसलापाटी, उदयपुरमा लागुऔषध कारोबारीमा संलग्न एक महिला सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा-१२ का १९ बर्षीय रजामुदिन अन्सारी, २० बर्षीय मिलन बिश्वकर्मा, बर्ष २० सागर पौडेल, २२ बर्षीय शिब अधिकारी, बर्ष २२  बिशाल मगर र २४ बर्षीय दिलिप घिमिरे रहेका छन । उनिहरुलाई त्रियुगा नगरपालिका २ बाट गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) भिमबहादुर दाहालले बताए । उनिहरुको साथबाट डाईजोपाम ३५ एम्पुल, फेनारगन ३५ एम्पुल, लुपिजेसिक ३५ एम्पुल समेत गरी जम्मा १ सय ५ एम्पुल फेला परेको छ भने तिन थान मोवाईल समेत बरामद गरिएको छ ।
त्यसैगरि जिल्लाको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट अबैध लागुऔषध कारोबारीमा संलग्न भएको आरोपमा एक दाम्पत्य जोडी पक्राउ परेको छ । पक्राउ पर्नेमा सप्तरी अन्निसाईर कृष्णसबरम गाउँपालिका १ बस्ने बर्ष ३१ को पीके भन्ने प्रबेश मिया र उनको श्रीमती बर्ष २६ की हजारुम खातुन रहेका छन् ।उनिहरुको साथबाट लागुऔषध फेनारगन ६० एम्पुल, डाईजोपाम ६० एम्पुल, लुपिजेसिक ६० एम्पुल गरी जम्मा एक सय ८० एम्पुल लागु औषध फेला परेको छ । अहिले उनिहरुलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here