मसलापाटी

१ वर्ष अगाडि / १६९६  पटक हेरिएको

उदयपुर,१५ भदौ। त्रियुगा नगरपालिका वडा नं २ की वडा सदस्य छत्र कुमारी थापा राउत ६ दिनदेखी वेपत्ता भएकी छिन् । उनी भाद्र नौ गतेदेखि हराइरहेको परिवारले बताएको छ ।

उनी उपचार गरी गाइघाट फर्कने क्रममा वेलका नगरपालिकाको सेती खोला नजिकै रहेको पेट्रेल पम्मवाट हराएकी हुन् ।वेपत्ता भएकी छत्र कुमारी राउत कालाबन्जरबाट गाइघाटतर्फ आउँदै थिइन् ।

बिहान ६ वजेतिर सेतीखोला को पेट्रोल पम्पमा सुमोबाट उत्रीएकी उनी त्यसपछि परिवारको सम्पर्कमा नआएको श्रीमान देवी कुमार राउतले बताएका छन् । उनी पाइल्सको उपचारगर्न भन्दै विराटनगर गएकी थिइन ।

उनी हराएको भन्दै इलाका प्रहरी कार्यलय रामपुरमा उजुरी दिएपनि अहिलेसम्म प्रहरीले भेट्याउन सकेको छैन । गाईघाट आउदै गरेको मान्छे बिच बाटोमा उत्रीएकाले घटना संकास्पद भएकाले गम्भीर अनुसन्धान गर्न माइतीपक्षले माग गरेको छ ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here