पत्रपत्रिकाबाट

२ वर्ष अगाडि / ३३९  पटक हेरिएको

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज औपचारिकतामा बढी व्यस्त रहन पर्नसक्छ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता भने बढ्न सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आफन्त तथा मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पनि मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । व्यवसायिक क्षेत्रबाट लाभ हुने, परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ । धार्मिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन सक्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज मन हर्ष र प्रसन्नताका साथ समय व्यतीत हुनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर पनि जुट्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । व्यापारमा विशेष सफलता हात लाग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कर्तव्य बोध हुने र आस्था बढ्नेछ । परोपकार आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) यात्रा गर्ने अवसर जुट्न सक्छ । वाणीमा कुशलता आउने योग परेको दिन छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) लामो समयबाट रोकिएको काम पुन: प्रारम्भ हुनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज नाताकुटुम्बको आगमन हुने र परिवारमा नयाँ सदस्य थपिन सक्ने सम्भावना छ । कसै सैलाई परदेशी घर फर्कने र रमाइलो वातावरण छाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । धैर्य र संयमताका साथ गरेका कामबाट फाइदा पुग्न सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।हाम्रो पात्रोबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here