सरोज निरौला

१ महिना अगाडि / ८८१  पटक हेरिएको

उदयपुर,७ भदौ। उदयपुरको मुर्कुची देखी धार्मिकस्थल रौता पोखरी अब १५ मिनेटमै पुगिने भएको छ। मुर्कुचीदेखी रौतामाइ गाउपालिका ५ मा पर्ने रौतापोखरी जोड्ने साढे ७ किलोमिटर लामो े पक्की सडको उदयपुर प्रतिनिधिसभा क्षेत्र न.२ का सांसद सुरेश कुमार राइले सिल्यान्यास गरेसगै दुरी छोट्यिको हो।

धार्मिक तथा पर्यटकीयस्थलको रुपमा पर्यटक भित्राउने उदेश्यले सडक सन्जाल पुराउने उदेश्य अनुसार सडको निमार्ण थालिएको हो।

संघीय रणनीतिक सडक अन्तर्गत ४ अर्ब लागतको बहुवर्षीय योजनामार्फत काम सुरु भएको हो। जस अन्तर्गत चालुवर्ष २५ करोड ६५ लाख १२ हजार १ सय ३५ रुपैंया बजेटको ठेक्का गत असारमै लागेर सडक सिल्यान्यास भएको हो।

२ वर्ष ३ महिनाभित्र काम सकेर सडक हस्तान्तरण गर्ने गरी ०७९ असार २९ गते ठेकेदार कम्पनीले सरकारसँग सम्झौता गरे पछि साउनदेखि काम थाल्न लाग्दा वर्षा बाढीले सिल्यान्यासमा ढिलाई भएर १ महिनापछि गर्नूपरेको निर्माण कम्पनी प्रतिनिधि अजय राउतले बताए।

उक्त सडक बनेपछि मुर्कुचीदेखि १५ मिनटमा रौतापोखरीको दर्शन गर्न पुग्न सकिने रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले बताए।

उतm सडकको चौडाई १० मिटर र कालोपत्रे ८ मिटर हुने निर्माण कम्पनी लामा–अजय–शम्भु जेवीले जनाउको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here