Masalapati

१ वर्ष अगाडि / १९३  पटक हेरिएको

बुटवल । यहाँस्थित फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलमा एक महिला र एक पुरूष मृत अवस्थामा भेटिएका छन् ।

होटलको कोठा नं. १३४ मा महिला बेडमै मृत अवस्थामा रहेको र पुरुष पंखामा पासो लाएर झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृतकमध्ये अन्दाजी ३५–३६ वर्ष उमेरका सिताराम भुजेल धादिङको कुम्पुर घर भएका हुन् भने अन्दाजी ३३ वर्षकी पुष्पा नामकी महिलाको घर दाङमा रहेको बुझिएको छ । उक्त होटमा उनीहरु आइतबार राति सँगै बसेको र सोमबार बिहान मृत भेटिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेका अनुसार महिलाको शव पलङमै उत्तानो परेको अवस्थामा भेटिएको थियो । पुरूष भने सोही कोठाको पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here