सरोज निरौला

१ वर्ष अगाडि / १०१०  पटक हेरिएको

उदयपुर,२८ साउन। गाइघाट बजारको सडकपेटीमा सन्चालित फलफूल तथा चटपटे पसलहरुलाइ त्रियुगा नगरपालिका र त्रियुगा उधोग बाणिज्य संघले ब्याबस्थित ठाउमा सार्ने भएको छ।त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघको संयुक्त प्रयासमा नगरप्रहरी र यातायात कार्यलय नजिकै रहेको जग्गामा फलफुल बजार सुचारु गर्न लागिएको हो ।

सडकपेटीमा ठेला राखेर चटपटे र फलफुल बिक्रीवितरण गर्दै आएका व्याबसायीहरुले अव उक्त फलफुल बजारमा आफ्नो व्यबसाय सञ्चालन गर्न पर्ने छ । सडकपेटीमा फलफूलठेला राखेर चटपटे र फलफुल बिक्रीवितरण गर्दै आएकाले पैदलयात्रुलाई समेत हिड्न समस्या हुँदै आएको छ,भने सडकपेटीमा राख्ने व्यवसायका कारण सडक दुर्घटना हुन सक्ने सम्भावनालाई समेत न्यूनीकरण गर्न सडकपेटीका व्याबसायीलाई व्यवस्थापन गर्न फलफुल बजार सञ्चालन ल्याइएको हो ।

फलफुल बजार सञ्चालनमा आए पछि उक्त स्थान भन्दा बाहिर सडकपेटीमा ठेलाराखेर वा जस्तो सुकै अवस्थामा पनि व्यवसाय गरे समान खोसिने र उठाउने नगरपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here