सरोज निरौला

१ वर्ष अगाडि / ३७२  पटक हेरिएको

उदयपुर । उदयपुरको कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले आफ्नो पहिलो महिनाको तलव दुईजना बिरामीको उपचारमा खर्च गरेका छन् ।कटारी ७ रिस्कु चारपाटेका राजकुमार बर्देवा र अप्रेशन गर्न नपाई अस्पतालबाट घर फर्किएकी धनमाया परियारलाई मेयर श्रेष्ठले उपचार खर्च दिएका हुन् ।

 

मेयर श्रेष्ठ बीर अस्पतालमा पुगी बिरामीको पुर्ण उपचारको लागी पहिलो महिनाको पारिश्रमिक बापतको चालीस हजार २०/२० हजारका दरले रूपैया उपलब्ध गराएका हुन् ।

बिरामीको कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यमा झन जटिल समस्या देखिँदै गएपछि  मेयर श्रेष्ठको पहलमा एम्बुलेन्सको ब्यवस्था गरि बिरामी काठमाण्डौ लगिएको थियो । उपचारका लागी रकम अपुग भए नगरपालिकाबाट पनि उपलब्ध गराउने प्रतिबद्धता जनाउँदै अन्य सहयोग गर्न ईच्छुकहरुलाई पनि सहयोगको अपिल गरेका छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here