पत्रपत्रिकाबाट

२ वर्ष अगाडि / २३१  पटक हेरिएको

काठमाडौँ । रामेछापको सुनापति गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना हुँदा १३ जनाले ज्यान गुमाए । असार २१ मा भएको सो दुर्घटनामा सुनापति–५ खनियापानी घर भएकी सञ्जु आलेको पनि मृत्यु भयो ।


असार २१ मा बिहान बा.३ ख ८३९६ नम्बरको बस चढेर सञ्जु र उनकी छोरी रोजिना मगर काठमाडौँ आउँदै थिए । बिरलै गाउँ जाने सञ्जु त्यतिवेला वडा कार्यालयमा छोरीको कागजात बनाउन गएकी हुन् । वडाबाट सिफारिस ल्याएर पासपोर्ट बनाउने र छोरीलाई अस्ट्रेलिया पठाउने उनको सपना थियो । तर, विडम्बना बस चढेको करिब ७ मिनेटमा दुर्घटना भयो, उनको घटनास्थलमै मृत्यु भयो ।



छोरी रोजिना धुलिखेल अस्पतालको आईसीयूमा छिन् । रोजिनाको होस आएको छैन । आमाको मृत्यु भएको उनले थाहा पाएकी छैनन् । रोजिनाका बुवा भरत आलेमगर खाडी मुलुकमा थिए । दुर्घटनामा पत्नीको मृत्यु र छोरी गम्भीर घाइते भएको खबर सञ्चार माध्यमबाट थाहा पाएपछि उनी काठमाडौँ फर्किए ।



३ छोरी र पत्नीलाई भक्तपुरको जगातेमा डेरामा छाडेर उनी विदेश हानिएका थिए । असार २२ मा काठमाडौँ ओर्लिएपछि डेरामा पुगे, माइली र कान्छी छोरीलाई लिएर दुर्घटना स्थलमा गए । दाजुभाइ र छिमेकी पत्नीको शव कुरिरहेका थिए । असह्य पिडालाई पैतालाले कुल्चिएर पत्नीको दाहसंस्कार गरे ।



भरत अहिले सञ्जुको कोरा (काजकिरिया मा प्रयोग गरिने शब्द) बसेका छन् । १२ कक्षा पास गरेर रोजिनाले आइएल्टस पास गरिन् । फोनमा श्रीमान्–श्रीमतीको सल्लाह भएपछि सञ्जु कागजात बनाउन वडा कार्यालयमा गएकी हुन् । तर, छोरीलाई अस्ट्रेलिया पठाउने सपना दुर्घटनाले चुँडिदियो ।



इन्टरनेशलन इङ्लिस ल्याङ्ग्वेज टेष्टिङ सिस्टम (आइएल्टस) पास भएपछि छोरीलाई अस्ट्रेलिया पठाउने तयारी गरेको भरत आलेमगरले बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘छोरीलाई अस्ट्रेलिया पठाउने तयारी गर्दै थियौँ, यस्तो भयो ।’



खनियापानी स्थित घरमा सञ्जुको फोटो राखेर भरत १३ दिने कर्म गर्दै छन् । धुलिखेल अस्पतालमा छोरी अचेत छिन् । चिकित्सकहरूका अनुसार रोजिनाको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छैन । छोरीको उपचारमा उनका फुपाजु रमेश पुलामी खटिएका छन् । भरत भन्छन्–‘रमेश फुपाजु उपचारमा हुनुहुन्छ, मेरो यस्तो हालत भयो ।’

धन्न भरतले मन बुझाएका छन् । उपचार पुरा नहुन्जेल जेठी छोरीलाई अस्ट्रेलियामा पढ्न पठाउने उनको सपनामा ब्रेक लागेको छ । दुई छोरीहरू भक्तपुर स्थित गणेश स्कुलमा पढ्छन् ।रातोपाटीबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here