सरोज निरौला

१२ महिना अगाडि / ७९५  पटक हेरिएको

उदयपुर,४ आषाढ। शनिबार विहान पौने ४ बजेको समयमा वर्षासँगै परेको चट्याङको चर्को आवाजले जिल्लाको उदयपुरगढी गाउँपालिका ४ डुम्रेका १४ वर्षीय इन्द्रबहादुर थापा मगर बेहोस भएका हुन्।सुतिरहेका बेला परेको चट्याङको आवाजले बालक इन्द्र ओछ्यानमै बेहोस भएपछि उपचार गर्न गाईघाट ल्याइएको प्रहरीले जनाएको छ।

बाबु सारद थापामगरका अनुसार चर्को आवाजका साथ चट्याङ परेको र सुतिरहेको छोरा बेहोस भएको भेटेपछि प्रहरीलाई खवर गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइएको हो। बालकको अहिले उदयपुर अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार भइरहेको छ भने होस खुलिसकेको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here