मसलापाटी

३ महिना अगाडि / १२६  पटक हेरिएको

उदयपुर,३ आषाढ।  उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० द्धारा जेष्ठ नागरिकलाई रेडियो तथा छाता वितरण गरेको छ ।९० वर्ष माथिका १० जना जेष्ठ नागरिकलाई १ थान रेडियो, १ थान टर्च , १ थान लौरो र १ थान छाता वितरण गरेको हो ।

रेडियो, छाता, टर्च र लौरोपाउनेहरुमा ९२ वर्षिय उजुर माया मगर, ९५ वर्षिय छविलाल खत्री, ९१ वर्षिय जान शोभा मगर , ९८ वर्षिया मैया देवी कार्की, ९३ वर्षिय हरि कुमार पौडेल र ९१ वर्षिया हस्त कुमारी खड्का रहेका छन् भने अन्य चार जना ९५ वर्षिया कृष्ण कुमारी कार्की, ९१ वर्षिय टक बहादुर खड्का, ९१ वर्षिय शोभा बस्नेत र ९२ वर्षिय सुनमाया थापा आउँन नसकने भएको उनीको घरमै गएर वितरण गर्ने वडाले जानकारी दिएको छ।

कार्यक्रममा वडाका कर्मचारी, स्थानिय वासि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here