Masalapati

४ वर्ष अगाडि / ६८३  पटक हेरिएको

उदयपुर । उदयपुरको कटारीबाट सडकमा आश्रित १० जनालाई शनिबार उद्धार गरिएको छ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रदेश सभा सांसद कला घले, कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी), उपमेयर भीम कुमारी राउत, मानव सेवा आश्रमका संयोजक नवराज केसी लगायतले कटारी क्षेत्रबाट ती व्यक्तिहरुको उद्धार गरेका हुन् ।

आफ्न्तबाट घर निकाला भएका, बाटो विराएर घर जान नसकेका कटारी बजारदेखि भोर्ले, बेलस्रोतसम्म हिँडिरहने ६ पुरुष र ४ महिला गरि १० जनालाई उद्धार गरिएको हो । मेयर श्रेष्ठका अनुसार उद्धार गरिएका व्यक्ति दुई वर्षअघिदेखि सडकमा आश्रित रहेका थिए । मेयरले भने, ‘हामीले प्रदेश सरकारसंग समन्वय गरी सडकमा आश्रित मानिसलाई तत्काल मानव सेवा आश्रम लगेर उनीहरुको भरण–पोषण र औषधि उपचार गर्न सहज होस भनी पठाएका छौं ।‘ यो अभियान प्रदेश सरकारको राम्रो अभियान समेत भएको मेयर श्रेष्ठले मुक्त कण्ठले प्रशंसा गरे ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here