सरोज निरौला

२ वर्ष अगाडि / ६६२  पटक हेरिएको

उदयपुर । त्रियुगा नगरपालिका वडा न ५ का नव–निर्वाचित वडाध्यक्ष उद्धब कुमार थापा(केदारले)आज(विहीबार) कार्यभार सम्हाल्नुभएको छ । नगरप्रमुख बसन्त कुमार बस्नेतबाट हिजो (बुधबार) सपथ ग्रहण गरे पश्चात थापाले वडा कार्यालयमा आफ्नो कार्यभार सम्हाल्नुभएको हो ।

थापा नेपाली काङ्ग्रेसका तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।यस अगीको ७४ सालको स्थानिय चुनाव पनी थापा नेपाली कांग्रेसबाट वडा पदब निर्बाचित हुनुभएको थियो। कार्यभार सम्हाल्दै वडाध्यक्ष थापाले आफ्नो कार्यकालमा वडाको बिकास र सम्बृद्धिका लागी अहोरात्र लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यभार सम्हाल्दै वडाध्यक्ष थापाले  अफ्ना वडा बासीहरुलाइ एम्बुलेन्स सेवामा पचास प्रतिशत छुट र आफ्ना वडाका गर्भवती महिलालाइ प्रसुती अबस्थामा एम्बुलेन्स सेवा निशुल्क उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो।जनताको आशा, अपेक्षा र भावना अनुरुप काम गर्ने वाचा गर्दै थापाले निर्वाचनमा सहयोग गर्ने सबैलाई धन्यबाद् व्यक्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here