Masalapati

२ वर्ष अगाडि / ३०८  पटक हेरिएको

१० बैशाख पाल्पा । पाल्पामा गठबन्धनले भागबन्डा टुंगो लगाएको छ ।

गठबन्धनमा भएको सहमति अनुसार ६ स्थानीय तहमा कांग्रेसले प्रमुख पाएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले दुई दुई पालिकामा प्रमुख पाएको छ ।

नेपाली कांग्रेसले रामपुर नगरपालिका, निस्दी गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तानसेन नगरपालिका र रैनादेवी छहरा गाउँपालिकामा प्रमुख लिएको छ ।

यस्तै एकीकृत समाजवादी पार्टीको भागमा पूर्वखोला गाउँपालिका र रम्भा गाउँपालिका परेको छ ।

नेकपा माओवादी केन्द्रको भागमा रिब्दिकोट र तिनाउ गाउँपालिका परेको छ ।

यस्तै उपप्रमुखमा कांग्रेसले रामपुर, पूर्वखोला, माथागढी, रिब्दिकोट, तिनाउ र रम्भा आफ्नो भागमा पारेको छ ।

माओवादी केन्द्रले निस्दी, तानसेन र रैनादेवी पाएको छ । एकीकृत समाजवादीले बगनासकालीमा मात्रै उपप्रमुख पाएको छ ।नेपालप्रेसबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here