मसलापाटी

१ वर्ष अगाडि / ३६५  पटक हेरिएको

१० चैत्र,उदयपुर । जिल्लामापहिलो पटक आँखा अप्रेशन सेवा सुचारु भएको छ । नेपाल नेत्र ज्योति संघ उदयपुरद्धारा सञ्चालितमदन भण्डारी आँखा अस्पतालमा बिहीबारदेखि सेवा सुचारु गरिएको हो ।

त्रियुगानगरपालिका १० बोक्सेमादुई बर्षअघि निर्माण सम्पन्न भवनबाट सेवा सूचारु गरिएको हो । अप्रेशन सेवा सूचारु भएपनिअस्पतालको सेवाको औपचारिकतापुर्वप्रधानमन्त्रीएवंम नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले शुक्रबार गर्ने भएका छन् ।
शुक्रबार मध्यान्न १२ बजे सिम्रिक एयरलाईन्सको हेलिकोप्टरबाट उदयपुर आउनलागेका ओलीले १२ः३० बजे आँखा अप्रेशन गरेका विरामीको आँखाको पट्टी खोलेर उद्घाटन गर्ने तयारी रहेको अस्पतालका अध्यक्षभागवत राउतले जानकारी दिए ।

आँखा अस्पतालको उद्घाटन पछि ओलीले जिल्ला अस्पताल परिषरमा रहको अक्सिजन प्लाण्ट उद्घाटन गर्ने छन् । लगत्तै नेकपाएमाले जिल्ला कमिटीले लोकतान्त्रिक चौकमाआयोजना गरेको वृहदजनसभालाई सम्बोधन र विभिन्न पार्टी परित्याग गरेका एक हजार ५ सय कार्यक्रतालाई प्रवेश गराउने तयारी रहेको जनाइएको छ ।

उद्घाटनको तयारीमा रहेको अस्पालले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सेवाविस्तार सम्बन्धि योजना सार्वजानिक गरेको हो । पत्रकार सम्मेलनमाबोल्दै अध्यक्ष राउतले अस्पतालमा माध्यमिकतहको सेवा सुचारु हुने जानकारी दिए । उनले यसअघि प्राथामिकततहको सेवा सूचारु हुदैँ आएकोमाशुक्रबारदेखि मोतियाविन्दु, जलविन्दु, माईनर अप्रेशनहुने उनले बताए ।

अध्यक्षराउतले भने, ‘तत्कालकालागि रेटिना वाहेकका सबै अप्रेशन र उपचार सुरु गरिने छ ।’ ‘अप्रेशनकालागिचाहिने २ करोडको उपकरण नेपाल सरकारले उपलब्ध गराएको छ,’उनले भने, ‘आईकियर फाउण्डेसनले ४ बर्षका लागिचिकित्सकको सुविधामाखर्च गर्ने गरी ७५ लाख र सेवा फाउण्डेसनबाट सहयोगको प्रतिवद्धता आएको छ ।’
उनले भने, ‘सर्वसाधरणको आँखाको अप्रेशनकालागि स्थानीयतहले व्यहोर्न सम्झौताको तयारी भएको छ ।’ आफ्ना नागरिकले स्वस्थ्य सुविधिमाध्यानदिनु पर्ने दायित्व स्थानीय सरकारको भएकाले जनतालाई निःशुल्कउपचार गराएर घर पठाउने त्यसवापतपालिकाले भुक्तानी गर्ने व्यवस्थामिलाइएको उनले बताए ।

हालसम्म रौतामाई र लिम्चुबुङ्गगाउँपालिकाले सम्झौतातयारी गरेको र बाँकीसँग छलफल भईरहेको अध्यक्ष राउतले बताए । विरामीको अवश्था, घनत्व, चाँप हेरी सेवासुविधाविस्तार गरिने उनले बताए । पहिलो पटक सेवाउपलब्ध गराउनलागिएको अस्पतालमा शारिरीकरुपले अशक्त, महिला, जेष्ठनागरिक, बालबालिका मैत्री, रहेको छ । त्यस्तै बालबालिकाकालागि खेल सामग्री, महिला स्ततपानअलग–अलगकंक्ष रहेका छन् ।

सगरमाथाआँखा अस्पताल लाहानको प्राविधिकतथा नेत्र ज्योति संघको व्यवथापनमा २०६५ सालबाट प्राथामिक सेवा सुचारु गरिएको अस्पतालमा हालसम्म १ लाख७० हजार ५२८ जनाले सेवालिएको आँखाचिकित्सकदुल्लिराजतिमल्सिनाले बताए । सेवालिएकामध्ये सबैभन्दा बढि ९२ हजार ९९९ महिला, ७७हजार ५२९ पुरुष, २७हजार २५९ बालबालिकाले सेवापाएको उनले बताए ।

पत्रकार सम्मेलनमाभवननिर्माणमा संबिधानसभा सदस्यमन्जुकुमारी चौधरीको निर्वाचनपुर्वाधारविकास कार्यक्रमबाट ४० लाख, जापानिज राजदुतावासबाट ९० लाख ५० हजार, १ नम्बर प्रदेश सरकारबाट भवननिर्माण ५० लाख र अस्पताल जाने सडक निर्माणमा ३२ लाख, नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट उपकरण सहयोग २ करोड, सडक विभागमदन भण्डारी सडक आयोजनाबाट २२ लाख बराबरको १८० मिटर कालोपत्रे सडकमा सहयोग भएको अस्पतालका सदस्य भरत खड्काले जानकारी दिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here