सरोज निरौला

६ महिना अगाडि / ३३३  पटक हेरिएको

१० चैत्र,उदयपुर । उदयपुरमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । जिल्लाको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ३ स्थित हात्तीअड्के भन्ने ठाउँमा भएको ट्याक्टर दुर्घटनामा २८ वर्षीय चालक राजेन्द्र प्रजाको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी बेदप्रसाद गौतमका अनुसार ना.६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भएको थियो ।

दुर्घटनामा मृत्यु हुने चालक मनवानपुर हैटौडाका स्थानीय हुन् ।प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा परेको ट्याक्टरमा गिटी लोड गरिएको थियो ।डीएसपी गौतमका अनुसार ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट ३ सय मिटर तल खसेको थियो ।

स्थानीयले जानकारी दिएपछि घाइते चालकलाई इलाका प्रहरी कार्यालय लिम्चुङबुङको टोलीले तत्काल उद्दार गरी बोक्सेस्थित उदयपुर जिल्ला अस्पताल ल्याएको थियो ।

तर, उपचारकै क्रममा आज राती ७ः३० बजे मृत्यु भएको डीएसपी गौतमको भनाई छ ।अहिले शव जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । मृतक चालकको बिहीबार पोस्टमार्टम गरी परिवारसँग सम्पर्क भएपछि जिम्मा लगाइने भएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here