मसलापाटी

६ महिना अगाडि / ३५४  पटक हेरिएको

१० चैत्र ,इटहरीः   इटहरी उपमहानगरका नगरप्रमुख द्धारिकलाल चौधरीले उपमेयर लक्ष्मी गौतमले प्रयोग गर्दै गरेको महेन्द्राको स्कोरपियो गाडी चालकबाट खोसेर राखेको पार्ईएको छ ।

कार्यालयको काममा उपमेयर लक्ष्मी गौतमलाई लिएर काठमाण्डौ पुगेको गाडी तुरुन्त ल्याउन चालकलाई निर्देशन दिएपछि गत हप्ता फर्किएको को १ झ ५५६ नम्बरको गाडी इटहरी आउनासाथ मेयरले चावि मागेर लगेको पाइएको छ ।

गत फागुन ३० गते केहि सरकारी कामको लिएर प्रमुख प्रशासकिय अधिकृतको पत्र सहित राजधानी गएकि उपमेयर गौतमले नीजि प्रयोजनका लागि सरकारी गाडी दुरुपयोग गरेको भन्दै मेयरले चालक यादव सापकोटालाई फोन गरेर तुरुन्त गाडी ल्याउन भनेका थिए ।

 

समाचार स्रोतका अनुसार नगरप्रमुख चौधरी आगामी निर्वाचनमा पुन मेयरको आकाँक्षी भएकोले उपमेयर आफ्नो विरुद्धमा लागेको र चुनावकै लागि टिकट लविङ्ग गर्न कार्यालयको गाडी लिएर काठमाण्डौ गएको भन्दै जनतालाई आफ्नो प्रभावमा पार्न गाडी दुरुपयोगको आरोप लगाएका हुन ।

यता उपमेयर गौतम भने बन्दै गरेको इटहरी अस्पतालको निकासा हुनुपर्ने केहि रकम निकासा नभएको र अस्पतालमा डाक्टरको समेत अभाव रहेको भन्दै त्यसैको पहलका लागि स्वास्थ्य मन्त्रालय गएको समाचार बाहिर खाएको छ ।

समाचार स्रोतका अनुसार उपमेयरको पहल पछि निर्माणाधिन इटहरी अस्पतालका लागि ५ करोड रुपैयाँ निकासा भएको छ ।
नगरप्रमुख चौधरीले उपमेयर चढ्ने गाडीको चावी चालकसँग मागेर आफैँले प्रयोग गर्दै आएको पाइएको छ । आफु चढ्ने सहित दुई वटै गाडी मेयर चौधरीले आफ्नो आँगनमा पार्क गरेर राखेका छन् ।

आफुसँग सवारी साधन नभएकै कारण उपमेयर गौतम सार्वजनिक कार्यक्रममा हिड्दा अटो र सिटि सफारीमा यात्रा गर्न थालेकि छन् । केहि दिन अघि इनरुवमा भएको जिल्ला सम्वन्वय समितिको बैठकमा उपमेयर गौतम सिटि सफारीमा पुगेकि थिइन भने फर्किँदा अटो रिक्सामा फर्केकि थिइन ।

 

कानुनत महानगर , उपमहानगर तथा नगरपालिकाका जनप्रतिनिधिले पदमा बहाल रहँदाका बखत कार्यालयको कामकाजमा जाँदा आफुलाई उपलव्ध गराइएको सवारी प्रयोग गर्न पाउँछन् । त्यसो त जनप्रतिनिधिलाई गाडी उपलव्ध गराउने काम नगरप्रमुखको नभई कार्यलय र प्रमुख प्रशासकिय अधिकृतको भएको जानकारहरुको भनाई छ । तर कार्यलय प्रमुख अर्थात प्रमुख प्रशासकिय अधिकृत उपमेयरले गाडी नपाएको दश दिन हुँदा सम्म पनि मौन छन् भने वडा अध्यक्षहरु पनि यस विषयमा केहि बोलेका छैनन् ।

गाडी खोसिएको भन्ने कुराको सत्यतथ्य बुझ्न इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई सम्पर्क गर्दा उनले चैत १ गतेबाट आफुलाई उपमहानगरले गाडी उपलव्ध नगराएको स्वीकार गरेकि छिन् । गौतमले जनताको काम गर्दा सिटि सफारी र अटोमै हिड्न आफुलाई आपत्ती नभएको टिप्पणी गरिन तथापि आफुले गाडी दुरुपयोग गरेको भन्ने मेयरको आरोप भने सत्य नभएको र आफु कार्यलयको काम र अन्य केहि मिटिङ्गको लागि राजधानी आएको र मेयरले सवारी चालकलाई गाडी लिएर तुरुन्त आउनु भन्ने आदेश दिएपछि सवारी चालक इटहरी फर्किएको बताइन ।प्रदेशपोर्टलबाट

तपाईको प्रतिक्रिया
हाम्रो बारे

उदयपुर स्मार्ट ग्रुप मिडिया प्रा.ली.द्धारा सन्चालित
कम्पनी रजिष्ट्ररको कार्यालयको दर्ता न.११०६०९/०६९/०७०

स्थायी लेखा न.६०३२९८१०७

Our Team

name s of team member here

 

Contact

Contact Details here